शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दश दिनदेखि थानकोटमा रोकिएका कन्टेनर काठमाडौं भित्रिए

दश दिनदेखि थानकोटमा रोकिएका कन्टेनर काठमाडौं भित्रिए

विगत १० दिनदेखि थानकोटमा रोकिएका मालबाहक ट्रक तथा कन्टेनर बिहीबार काठमाडौं भित्रिएका छन्।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं- विगत १० दिनदेखि थानकोटमा रोकिएका मालबाहक ट्रक तथा कन्टेनर बिहीबार काठमाडौं भित्रिएका छन्। वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलपछि गृहको निर्देशनमा काठमाडौं प्रवेश दिइएको वाणिज्य मन्त्रालयले जनाएको छ।

देशका विभिन्न ठाउँ तथा भारत एवम् तेस्रो मुलुकबाट आयात गरिएको सामान लिएर आएका ट्रक तथा कन्टेनर काठमाडौंमा निषेधाज्ञा भएसँगै स्थानीय प्रशासनले काठमााडौ भित्रन नदिएपछि थानकोटमै रोकिएका थिए।

तर बुधबार तीनओटै जिल्लाका प्रमूख जिल्ला अधिकारीको बैठकले सामान ओसार पसारमा रोकतोक नगर्ने निर्णयसँगै ति सामान बोकेका ट्रक तथा कन्टेनरलाई थानकोट प्रहरीले गृहमन्त्रालयलको निर्देशनमा भित्रन दिएको हो।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुन्ठ अर्यालले केही दिन अघिदेखि थानकोटको प्रहरीले ट्रक तथा कन्टेनर काठमाडौं प्रवेश गर्न नदिएको गुनासो सुनेकाे र अबदेखि समस्या हटेर गएको बताए।

प्रकाशित: Sep 03, 2020| 16:55 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्