शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १४२ जनाको होटल क्वारेन्टिनबापतको रकम फिर्ता गर्न एयर अरबियालाई निर्देशन

१४२ जनाको होटल क्वारेन्टिनबापतको रकम फिर्ता गर्न एयर अरबियालाई निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुबईबाट आएर होटल क्वारेन्टिनमा बसेका १४२ यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुबईबाट आएर होटल क्वारेन्टिनमा बसेका १४२ यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ।

पर्यटनमन्त्री र सरोकारवाला निकायबीचको बुधबारको बैठकले १६१ मध्ये १४२ यात्रुको होटल क्वारिन्टनबापतको रकम फिर्ता गर्न एयरलाइन्सलाई निर्देशन दिएको हो।

९ भदौमा एयर अरेबियाको चार्टड विमानले १४२ पीसीआर परीक्षण गरेका, १८ जना आरडीटी गरेका र एक जना परीक्षण नगरेका यात्रु ल्याएको थियो।

पर्यटन मन्त्रालयले यसअघि पीसीआर, आरडीटी गरेका वा नगरेका यात्रु ल्याएमा होटेल क्वारेन्टिनको खर्च सम्बन्धित एयरलाइन्सले नै बेहोर्नुपर्ने निर्णय गरेको थियो।

उक्त निर्णय विपरीत यात्रु ल्याएको र यात्रु स्वयंले क्वारेन्टिनको खर्च बेहोरेको गुनासो आएपछि फिर्ता गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल वायु सेवा निगम र हिमालय एअरलाइन्सको उडान भएका सेक्टरमा सोही भाडादरअनुसार उडान गराउन विदेशी एअरलाइन्सलाई अनुमति दिन पनि निर्देशन दिएका छन्।

प्रकाशित: Sep 02, 2020| 17:55 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्