शुक्रबार, भदौ १२, २०८३

२५.५८ अंकले बढ्यो सेयर बजार

सेयर बजार परिसूचक (नेप्से) बुधबार २५.५८ अंकले बढेको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) बुधबार २५.५८ अंकले बढेको छ।

बढेको नेप्से १५१०.५७ अंकमा पुगेर रोकिएको हो।

आज १८६ कम्पनीका ९६ लाख ८६ हजार कित्ता सेयर ४ अर्ब १८ करोड १० लाख रुपैयाँमा कारोबार भएको छ।

बढेको नेप्सेमा अधिंकाश सूचक सकारात्मक रहे। बैंकिङ १९.७८, व्यापार १५.८४, विकास बैंक २६.४५ र हाइड्रोपावर ९४.२२ अंकले बढेको छ।

निर्जीवन बीमा कम्पनी १२५.८९ र जीवन बीमा कम्पनीको उपसूचक ८८.६८ ले घटेको छ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ६७ करोड ४२ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

प्रकाशित: Sep 02, 2020| 15:59 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्