आइतबार, मंसिर २८, २०८२

कोरोना नियन्त्रणमा १२ अर्ब सकियो, केमा भयो खर्च?

सरकारले कोभिड–१९ को रोकथाम र उपचारको लागि गत साउन मसान्तसम्ममा ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ।
 |  सोमबार, भदौ ८, २०७७

शर्मिला ठकुरी

शर्मिला ठकुरी

सोमबार, भदौ ८, २०७७

काठमाडौं– सरकारले कोभिड–१९ को रोकथाम र उपचारको लागि गत साउन मसान्तसम्ममा ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ।

National life

साउन मसान्तसम्म कोरोनाको लागि १३ अर्ब ३७ करोड ३१ लाख ५६ हजार रुपैयाँ स्रोत व्यवस्थापन गरिएको थियो।

साउन महिनामा १० करोड ७० लाख ७० हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।

संघीय सरकारले कोरोना विरुद्ध लड्नका लागि साउन मसान्तसम्ममा ५ अर्ब ८४ करोड ७९ लाख ९४ हजार खर्च गरेको छ। यसमा प्रहरी, सेना, स्वास्थ्यलगायत निकायले गरेको खर्च समेटिएको छ।

अर्थ मन्त्रालयका अनुसार सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट हालसम्म १ अर्ब ३ करोड ६९ लाख ९६ हजार रुपैयाँ खर्च गरेको छ।

Laxmi sunrise bank
kumari

त्यस्तै संघीय सरकारले सञ्चित कोषबाट साउन मसान्तसम्ममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा २ अर्ब १७ करोड ३६ लाख ४० हजार, रक्षा मन्त्रालयको नाममा २ अर्ब ३७ करोड ४ लाख ६१ हजार, गृह मन्त्रालयको नाममा २० करोड ८३ लाख २४ हजार र परराष्ट्र मन्त्रालयको नाममा ६ लाख ५० हजार निकासा गरेको छ।

त्यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नाममा ४ करोड २९ लाख ४४ हजार निकासा भएको छ।

अर्थ मन्त्रालयका अनुसार औषधि तथा स्वास्थ्य सामग्री शीर्षकमा १ अर्ब ७५ करोड ५२ लाख ४० हजार, स्वास्थ्य पूर्वाधारमा २ अर्ब ९३ करोड ८८ लाख ९६ हजार, जनशक्ति परिचालनमा ५ करोड ७४ लाख ४३ हजार, क्वारेन्टिनको लागि ४ करोड ७४ लाख ४३ हजार, र अन्य शीर्षकमा १ करोड २४ लाख ७३ हजार रुपैयाँ सञ्चित कोषबाट निकासा गरिएको छ।

प्रदेशभन्दा स्थानीय सरकारकाे बढी खर्च

प्रदेश–१ ले १२ करोड ९४ लाख ९९ हजार, प्रदेश–२ ले १० करोड ८२ लाख ९३ हजार, बागमती प्रदेशले ३० करोड ७३ लाख २५ हजार खर्च गरेका छन्।

गण्डकी प्रदेशले १६ करोड १५ लाख ९५ हजार, प्रदेश–५ ले १२ करोड ५९ लाख ४५ हजार, कर्णाली प्रदेशले ३ करोड ५२ लाख ४१ हजार र सुदूरपश्चिम प्रदेशले १ करोड ६ लाख ७५ हजार खर्च गरेका छन्।

७ वटा प्रदेशले जम्मा ८७ करोड ८५ लाख ७३ हजार रुपैयाँ खर्च गरेका छन्। प्रदेश सरकारहरूले कोरोनाको लागि १ अर्ब ४९ करोड ७० लाख ४५ हजार रुपैयाँ छुट्याएका थिए।

त्यस्तै, स्थानीय सरकारले साउन मसान्तसम्ममा १ अर्ब ३५ करोड २० लाख ५९ हजार रुपैयाँ खर्च गरेका छन्। ७५३ वटा स्थानीय सरकार कोरोना नियन्त्रण तथा उपचारको लागि ६ अर्ब २ करोड ८१ लाख १७ हजार रुपैयाँ स्रोत व्यवस्थापन गरेका थिए।

प्रकाशित: Aug 24, 2020| 17:03 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्