बिहीबार, भदौ ११, २०८३

५२ जिल्लामा थपिए संक्रमित, कुन जिल्लामा कति?

संक्रमण हुनेमा १९२ महिला र ५१५ पुरुष गरी ७०७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकमा ५२ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। संक्रमण हुनेमा १९२ महिला र ५१५ पुरुष गरी ७०७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जिल्लागत रुपमा सबैभन्दा बढी काठमाडौंमा १७४ जना संक्रमित थपिएका छन् भने प्रदेशगत रूपमा सबैभन्दा बढी प्रदेश दुईमा २४८ जनामा संक्रमण भएको छ। पछिल्लो २४ घण्टामा प्रदेश २ का आठै जिल्लामा संक्रमित थपिएका छन्।

काठमाडौंमा कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो

जिल्लागत विवरण अनुसार धनकुटामा एक, झापामा एक, मोरङमा नौ जना संक्रमित थपिएका छन्।

यस्तै सुनसरीमा १३, तेह्रथुमा नौ र उदयपुरमा चार जना संक्रमित थपिएको मन्त्रालयका प्रंवक्ता जागेश्वर गौतमले बताए।

उनका अनुसार सप्तरीमा १९, सिरहामा २१, धनुषामा ३१, महोत्तरीमा १५ र सर्लाहीमा ९३ जना संक्रमित थपिएका छन्। प्रदेश २ को बारामा आठ, पर्सामा ५५, रौतहटमा एकजना संक्रमित थपिएको गौतमले बताए।

सिन्धुलीमा एक, दोलखामा एक, भक्तपुरमा आठ, काठमाडौंमा १७४ र धादिङमा दुई जना संक्रमित थपिएका जानकारी उनले दिए।

७ जना कोरोना संक्रमित भेन्टिलेटरमा, देशभरका आईसीयूमा १२९ जना

ललितपुरमा १८, काभ्रेमा एक, नुवाकोटमा थप तीन जनामा कोरोना भाइरस संक्रमण भएको छ।

यस्तै सिन्धुपाल्चोकमा एक, चितवनमा एक, मकवानपुरमा २५ जना संक्रमित थपिएका छन्।

बागलुङमा थप आठ जनामा संक्रमण भएको छ भने गोरखामा एक र कास्कीमा १९ जना थपिएका छन्।

पूर्वी नवलपरासीमा तीन, स्याङ्जामा एक र तनहुँमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ।

कपिलवस्तुमा ३०, रूपन्देहीमा १८, गुल्मीमा तीन जनामा संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा दाङमा चार, प्यूठानमा एक, रोल्पामा एक र बाँकेमा १६ जना संक्रमित थपिएका छन्।

बर्दियामा दुई, पश्चिम रुकुम, सल्यान, कालीकोट, सुर्खेत र जाजरकोटमा एकएकजना, दैलेखमा १९ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

२४ घण्टामा ७०७ जनामा कोरोना पुष्टि

कैलालीमा एक, अछाममा ३१, डोटीमा १६, बझाङ, बैतडी, दर्चुलामा एकएक तथा डडेलधुरामा दुई जना संक्रमित थपिएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ छ। बिहीबार २६४ जना मुक्त भएका छन् भने १७ हजार ९६४ जना संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमित ६१ प्रतिशत हो।

अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ।

प्रकाशित: Aug 20, 2020| 16:42 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।