मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालिका मृत भेटिइन्, बलात्कारको आशंकामा अघोरी बाबा समातिए

बालिका मृत भेटिइन्, बलात्कारको आशंकामा अघोरी बाबा समातिए

धनुषामा १० वर्षीया बालिका मृत फेला परेकी छिन्।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

धनुषामा १० वर्षीया बालिका मृत फेला परेकी छिन्।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२१ स्थित कुर्थामा रहेको दूधमती नदीको किनारमा बालिका कञ्चनकुमारी पजियारको शव फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन्। धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले घटनास्थललाई सिल गरेको जानकारी दिए।

खेतमा धान रोपिरहेका एक किसानले दूधमती नदीको किनारबाट दुर्गन्ध आएपछि हेर्न जाँदा बालिकाको शव देखेका थिए।

बुधबार दिउँसो भैंसी चराउन गएकी बालिका अबेर रातिसम्म घर नफर्किँदा गाउँभर खोजिएको थियो। बालिका नभेटिएपछि परिवारले बिहीबार प्रहरीमा उजुरी दिएको थियो।

डिएसपी कार्कीले स्थानीयको आशंकामा एक जना अघोरी बाबालाई नियन्त्रणमा लिएको जानकारी दिए। उनले घटनाबारे अनुसन्धान भैरहेको जानकारी दिए।

 

प्रकाशित: Jul 03, 2020| 16:34 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।