मंगलबार, भदौ ९, २०८३

अछाममा एकै दिन २०९ जना कोरोना संक्रमित थपिए

अछाममा शुक्रबार एकै दिन २०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

अछाममा शुक्रबार एकै दिन २०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

अछामका विभिन्न स्थानबाट थ्रोट स्वाब सङ्कलन गरेर राष्ट्रिय प्रयोगशाला टेकु, पाटन अस्पताल र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा एकै दिन ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमित हुनेमा साँफेबगर नगरपालिकामा ५२ जना, चौरपाटी गाउँपालिकामा २४ जना, ढकारी गाउँपालिकामा २७ जना, मङ्गलसेन नगरपालिकामा २९ जना, तुर्माखाँद गाउँपालिकामा १९ जना, मेल्लेख गाउँपालिका १५ जना छन्।

यस्तै बान्नीगढी जयगढ गाउँपालिकामा २९ जना, कमलबजारमा सात जना र पञ्चदेवल विनायक नगरपालिकामा ६ जना नयाँ सङ्क्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए।

योसँगै अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या ५२१ पुगेको छ। जसमध्ये ४५ जना कोरोना सङ्क्रमण जितेर घर गइसकेका छन्।

स्वाब संकलन गरिएका ७९३ जनाको परीक्षणको क्रममा छ। सङ्क्रमित हुनेमा अधिकांश भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु छन्।

प्रकाशित: Jul 03, 2020| 16:23 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।