आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकहरूको नाफा घट्यो, १५ प्रतिशत लाभांश दिन पनि गाह्रो

बैंकहरूको नाफा घट्यो, १५ प्रतिशत लाभांश दिन पनि गाह्रो

कोरोनाको कारण आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा १९ वटा वाणिज्य बैंकहरूको नाफा घटेको छ।
 |  आइतबार, साउन ३२, २०७७

शर्मिला ठकुरी

शर्मिला ठकुरी

आइतबार, साउन ३२, २०७७

काठमाडौं– कोरोनाको कारण आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा १९ वटा वाणिज्य बैंकहरूको नाफा घटेको छ।

National life

कतिपय बैंकहरुको ४० प्रतिशतको हाराहारीमा नाफा घटेको छ। सबैभन्दा बढी सिभिल बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५० प्रतिशतले ओरालो लागेको छ। आव २०७५/७६ मा बैंकको नाफा ७० करोड ७४ लाख रुपैयाँ भएकोमा गत आर्थिक वर्षमा बैंकले जम्मा ४५ करोड ५ लाख रुपैयाँ मात्र कमाएको छ।

त्यस्तै आव २०७५/७६ को तुलनामा नाफा कमाउने बैंकमा एनआईसी एसिया, ग्लोबल आईएमई बैंक, प्राइम बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक, सेन्चुरी बैंक, कुमारी बैंक छन्। त्यस्तै प्रभु बैंकले दुबै आर्थिक वर्षमा बराबर नाफा कमाएको छ।

गत आर्थिक वर्षमा जनता बैंकलाई गाभेको ग्लोबल आईएमई बैंकले आव २०७५/७६ को भन्दा बढी कमाउनु सामान्य हो। एनआईसी एसिया बैंकले भने आक्रामक लगानीको नीतिका साथै कर्जा असुलीमा पर्याप्त ध्यान दिँदा कोरोना संक्रमणका बेलामा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा नाफालाई १० करोड रुपैयाँले बढाउन सफल भएको छ।

कोरोनाका कारण नेपाल राष्ट्र बैंकले साँवा र ब्याज तिर्ने म्याद असोजसम्म थपिदिँदा तथा ऋणीहरूलाई कर्जाको ब्याजदरमा २ प्रतिशतले घटाउन निर्देशन दिँदा नाफा घटेको हो।

Laxmi sunrise bank
kumari

बैंकहरुले जारी गरेको आर्थिक विवरणअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले चार अर्ब ४५ करोड रुपैयाँ कमाएको छ।

त्यस्तै गत आर्थिक वर्षमा सबैभन्दा बढी खराब कर्जा हुनेमा पनि राष्ट्रिय वाणिज्य अगाडि छ। सिभिलको पनि खराब कर्जा वाणिज्य बैंककै हाराहारीमा छ। उनीहरुको खराब कर्जा अनुपात ४.०८ प्रतिशत छ।

नाफालाई आधार मान्दा सबैभन्दा बढी लाभांश दिन सक्ने पनि राष्ट्रिय वाणिज्य बैंक नै भएको छ। वाणिज्य बैंकले १८.८९ प्रतिशत लाभांश दिन सक्ने छ।

त्यस्तै आफ्ना लगानीकर्ताहरुलाई सबैभन्दा कम लाभांश दिने बैंकमा सिभिल बैंक परेको छ। सिभिलले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई जम्मा ४.२० प्रतिशत मात्र लाभांश दिन सक्छ।

त्यस्तै केही वर्ष अघिसम्म ४० प्रतिशतसम्मको लाभांश दिएका बैंकहरुले यो वर्ष १३ प्रतिशतभन्दा कम नै दिने भएका छन्। ठूला तथा राम्रो लाभांश दिने बैंकहरु नबिल, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालय बैंकले गत आर्थिक वर्षको नाफाबाट क्रमशः १३.८२, ९.४१ र १४.४९ प्रतिशत दिने भएका छन्।

 

प्रकाशित: Aug 16, 2020| 19:27 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्