मंगलबार, भदौ ९, २०८३

सलह नियन्त्रणमा जुट्याे सरकार

हावाको दिशा र गतिमा अचानक आएको परिवर्तनले नेपालमा सलह प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्पष्ट पारेको छ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

काठमाडौं- हावाको दिशा र गतिमा अचानक आएको परिवर्तनले नेपालमा सलह प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गरी मौसममा आएको अचानक फेरबदलले किराका साना साना झुन्ड नेपाल आएको जनाएको हो।

मन्त्रालयले सलह किरा नियन्त्रणका लागि प्राविधिक परिचालन गरी प्राविधिक कार्यदल सक्रिय बनाएको छ।

किरा व्यवस्थापनका लागि सक्रिय रहन तीन तहका सरकारका सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

शनिबार बिहान नेपालका तराई क्षेत्रमा सलह देखिएपछि स्थानीयले कृषि मन्त्रालयअन्तर्गतका निकायलाई खबर गरेका थिए।

सलह देखिएको खबर फैलिएपछि सबैतिरबाट किसान तथा स्थानीयले सोधखोज व्यापक बनाएका थिए।

कृषि मन्त्रालयले सलह हो होइन यकिन गर्न तथा यसको नियन्त्रणका लागि रणनीति तय गर्न शनिबार सम्बन्धित विज्ञ तथा निकायसँग छलफल गरेको थियो।
छलफलपछि मन्त्रालयले नियन्त्रणका लागि काम अघि बढाएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले नेपाल समयलाई बताए।

‘संघमा सलह नियन्त्रणका लागि गठित प्राविधिक कार्यदल सक्रिय भइसकेको छ,’ उनले भने, ‘कहाँ–कहाँ के–के अवस्था छ अपडेट गर्ने तथा नियन्त्रणका लागि गर्न सकिने काम अघि बढाइएको छ।’

विज्ञहरुले नेपालमा देखिएको सलह कुन प्रजातिको हो भन्ने अध्ययनपछि मात्र भन्न सकिने बताएका छन् । उनीहरुका अनुसार नेपालमा आएको सलह भारतमा भन्दा सानो संख्यामा रहेको र अस्वाभाविक समयमा आएको हो।

रौतहट, बारा, पर्सा, सर्लाही तथा रूपन्देहीमा शनिबार बिहानैदेखि सलह देखिएकाे थियाे।

याे पनि पढ्नुस् ः

सलह नियन्त्रणका लागि मुख्यमन्त्री पोखरेलका ६ सुझाव

प्रदेश ५ : एक केजी सलह मारेर वडामा बुझाए २० रुपैयाँ

सर्लाहीमा पनि देखियो सलह

बुटवलमा देखिएको सलहको झुण्ड उतर-पश्चिमतर्फ लाग्यो

बुटवलको आर्मी ब्यारेकमा लाखौं सलह पसेको आशंका

'तराईमा फैलन सक्छ सलह'

 

 

प्रकाशित: Jun 27, 2020| 21:25 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।