शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनमा समस्या परेका विद्यार्थीलाई कोठामै पुगेर सहयाेग

लकडाउनमा समस्या परेका विद्यार्थीलाई कोठामै पुगेर सहयाेग

लकडाउनको कारणले समस्यामा परेका विद्यार्थीलाई कोठामै गएर सहयाेग गरिएको छ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

काठमाडौं- लकडाउनको कारणले समस्यामा परेका विद्यार्थीलाई कोठामै गएर सहयाेग गरिएको छ।

सुदूरपश्चिमबाट आएर राजधानीका विभिन्न शैक्षिक सस्थाहरुमा अध्ययनरत विद्यार्थीलाई समाजसेवी राजेन्द्रबहादुर शाहले कोठामै गएर राहत रामग्री वितरण गरेका छन्।

अछाम घर भई राजधानीमा बस्दै आएका समाजसेवी शाहले व्यक्तिगत रुपमा विद्यार्थीलाई चामल र दाल तथा कसैलाई आवश्यकताका आधारमा नगद रुपैयाँसमेत सहयोग प्रदान गरेका छन्।

करिव डेढ महिना लामो लकडाउनका कारणले विद्यार्थीलाई जीवनयापन गर्न निकै समस्या परेकोले उनीहरु बस्ने कोठामै पुगेर राहत वितरण गर्दै आएको शाहले बताए।

सोमबार शाह, अधिवक्ता बिक्रम कुँवर, विद्यार्थी रमेश कुँवर, तिलक बटालालगायतको टोलीले कीर्तिपुर, बालकुमारी, ग्वार्को, कोटेश्वर, लैनचौर, मैतीदेवी, घट्टेकुलोलगायतका स्थानमा बस्ने विद्यार्थीलाई राहत सामग्री वितरण गरेको छ।

शाहले समस्यामा परेकाहरुलाई राहत वितरण गर्नुका साथै असहाय, विपन्न परिवारका बालबालिका तथा युवाहरुलाई आफ्नै खर्चमा पढाउने काम पनि गर्दै आएका छन्।

लामो समयदेखि समाजेवामा सक्रिय शाहले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि अछामको बयालपाटा अस्पताललाई करिव दुई लाख बराबरको स्वास्थ्य सामग्री केही दिन पहिले प्रदान गरेका थिए।

प्रकाशित: May 04, 2020| 17:01 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।