बिहीबार, भदौ ४, २०८३

ओम्नीसँगको सम्झौता खारेज, ५ करोड धरौटी जफत

सरकारले स्वास्थ्य उपकरण खरिदमा ओम्नीसँग भएको सम्झौता खारेज गरेको छ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

काठमाडौं : सरकारले स्वास्थ्य उपकरण खरिदमा ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबीसीआई) सँग भएको सम्झौता खारेज गरेको छ।

ओम्नीसँग ५ करोड रुपैयाँ धरौटी पनि जफत गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए। साथै सरकारले उक्त कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गरेकाे छ। 

सम्झौताबमोजिम सामान आपूर्ति नगरेपछि रद्द गरिएकाे बताइएकाे छ। कम्पनीले पहिलो लटमा १० प्रतिशत मात्रै सामान ल्याएको र थप सामान ल्याउन अक्षमता देखाएपछि रद्द गरिएको श्रेष्ठले बताए। 

साथै अब ३ दिनभित्र अर्को सूचना जारी गरी स्वास्थ्य उपकरण खरिदका लागि नयाँ प्रक्रिया थालिने महानिर्देशक श्रेष्ठले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए।
विभागले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गर्न ओम्नीसँग एक अर्ब २४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 

उक्त कम्पनीसँगको सम्झौतामा अनियमितता भएको भन्दै विरोध भएपछि सरकार सम्झौता फिर्ता गर्न बाध्य भएको बताइएको छ।

प्रकाशित: Apr 01, 2020| 16:48 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।