शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाबुराम भट्टराईसहितलाई कारबाही गर्न महेश बस्नेत र पूर्वआईजीपीको उजुरी

बाबुराम भट्टराईसहितलाई कारबाही गर्न महेश बस्नेत र पूर्वआईजीपीको उजुरी

जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको ‘अपहरण’ प्रकरणमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसहितलाई कारवाही गर्न माग गरी दिइएको उजुरी राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता भएको छ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको ‘अपहरण’ प्रकरणमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसहितलाई कारवाही गर्न माग गरी दिइएको उजुरी राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता भएको छ।

सांसद यादवको ‘अपहरण’ प्रकरणमा मुछिएका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खानालले संयुक्त रुपमा आयोगमा उजुरी दिएका हुन्।

आफूहरुलाई विवादमा तानिएको र मानसिक समस्या भएकोले कारवाही गर्न माग गरिएको छ। यस्तै आफूहरु उपर दर्ता भएको उजुरी खारेजीको माग पनि उनीहरुले गरेका छन्।

यसअघि आजै सांसद यादवको उजुरी सरकारी वकिलको कार्यालयमा दर्ता भएको छ।

प्रकाशित: May 04, 2020| 18:48 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।