आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुल्मीका संक्रमितका आफन्त भन्छन्– मान्छे किन संयम् बन्न नसकेका होलान् ?

गुल्मीका संक्रमितका आफन्त भन्छन्– मान्छे किन संयम् बन्न नसकेका होलान् ?

स्वास्थ्य निर्देशानालयका सूचना अधिकारी मानबहादुर वली, प्रदेश सरकारका प्रेस सल्लाहकार शेरबहादुर केसी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहदेव पन्थले बिरामी उपचारमै रहेको बताए।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

भैरहवा- मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका व्यक्तिको मृत्यु भएको भन्दै बिहान  १० बजेतिर केही अनलाइनमा समाचार प्रकाशित भयो।

उक्त समाचार प्रकाशित भएको केहीबेरमा उनी भेन्टिलेटरमा उपचाररत छन् भन्ने अन्य समाचार आयो।

उपचारत व्यक्तिको मृत्यु भइसकेको भनेर प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेको भनाइ राखेर समाचार प्रकाशित भए।

तर प्रदेश ५ स्वास्थ्य सेवा महाशाखा प्रमुख तथा कोभिडका प्रवक्ता डा. उमशंकरप्रसाद चौधरीले अवस्था अचेत छ तर मृत्यु भएको भने घोषणा नगरिएको बताए।

स्वास्थ्य निर्देशानालयका सूचना अधिकारी मानबहादुर वली, प्रदेश सरकारका प्रेस सल्लाहकार शेरबहादुर केसी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहदेव पन्थले बिरामी उपचारमै रहेको बताए।

यतिबेला यो घटनाले रुपन्देहीमा खैलाबैला मच्चिएको छ। कोरोना संक्रमितका भाइले फेसबुकमा 'मान्छेहरु किन संयम बन्न नसकेका होलान्? किन हतार होला नराम्रो समाचार सम्प्रेषण गर्न?' भन्दै प्रश्न गरेका छन्।

मान्छेको मृत्युको विषय सामान्य नभए तापनि यसको पुष्टि नगरी समाचार प्रकाशित गरेको भन्दै समाजिक सञ्जालमा आक्रोश व्यक्त भएको छ। अर्कोतिर कोभिड १९ को संक्रमण फैलिरहँदा आधिकारिक सूचनादाता कसलाई मान्ने भनेर पनि बहस सुरु भएको छ।

गुल्मीका संक्रमित युवक मृत्युको हल्ला गलत : क्रिमसन अस्पताल

प्रकाशित: May 20, 2020| 13:50 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।