बिहीबार, भदौ ४, २०८३

गड्डाचौकी नाकाबाट स्वदेश फर्कने यात्रुको चाप

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भारतमा फैलन थालेपछि कञ्चनुपरको पश्चिमी सीमानाका गड्डाचौकी भएर स्वदेश फर्कने यात्रुको भीड लागेको छ।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

कञ्चनपुर– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भारतमा फैलन थालेपछि कञ्चनुपरको पश्चिमी सीमानाका गड्डाचौकी भएर स्वदेश फर्कने यात्रुको भीड लागेको छ।

पछिल्लो तीन दिनयता गड्डाचौकी सीमानाकाबाट नेपाल फर्कने यात्रुको चाप बढेको हो। जसका कारण सीमानाकामा राखिएको हेल्थ डेस्कमा यात्रुको स्वास्थ्य चेकजाँच गर्न निकै कठिनाइ भएको छ। 

आज (शनिबार) बिहान झन्डै तीन हजारभन्दा बढी यात्रु भारतबाट नेपाल फर्केको बताइएको छ।

भारततर्फ जान रोक

भारतीय पक्षले भारततर्फ जाने सबै सवारीसाधन र नेपाली यात्रुलाई रोक लगाएको छ। भारतीय नागरिकलाई भने भारत प्रवेश गर्न दिइएको छ। भारतले कोरोना भाइरस रोकथामका लागि ‘जनता कफ्यु’को घोषणा गरेपछि त्यहाँ मजदूरी गर्ने नेपाली स्वदेश फर्कन थालेका छन्।

रासस

प्रकाशित: Mar 21, 2020| 04:49 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।