आइतबार, जेठ २५, २०८२

महिला उद्यमशील कर्जा कार्यक्रम प्रभावहीन

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार दुई वर्षको अवधिमा महिला उद्यमशील कर्जा योजनामार्फत २ हजार १२ जनामात्र लाभान्वित भएका छन्।
 |  सोमबार, माघ २७, २०७६
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

सोमबार, माघ २७, २०७६

vianetvianet

काठमाडौं– सरकारले महिला उद्यमीलाई प्रोत्साहन गर्न महिला उद्यमशील कर्जा कार्यक्रम लागू गरेको दुई वर्ष भयो । तर, उक्त कार्यक्रम अनुसार सहुलियतपूर्ण कर्जा लिने महिलाको संख्या भने दुई हजार मात्र छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार दुई वर्षको अवधिमा महिला उद्यमशील कर्जा योजनामार्फत २ हजार १२ जनामात्र लाभान्वित भएका छन्। त्यसमध्ये बाणिज्य बैंकबाट १ हजार ९८८, विकास बैंकबाट २२ र फाइनान्सबाट जम्मा २ जनाले मात्र सहुलियतपूर्ण ऋण लिएका छन् ।

“दुई वर्षको अवधिमा ऋण लिने महिलाको संख्या दुई हजार नबढ्नुले कार्यक्रम प्रभावहीन भएको पुष्टी हुन्छ,” नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले भने ।

२०७५ को बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले ९ वटा क्षेत्रमा सरकारले कर्जामा सहुलियत दिने घोषणा गरेका थिए । यसअन्तर्गत महिला उद्यमशील कर्जा पनि थियो ।

बजेट भाषणमा नै महिला उद्यमशील कर्जामा सहुलियत दिने घोषणा भएपछि नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी कार्यविधि २०७५ बनाएर लागू गर्‍यो तर पनि सो कर्जातर्फ महिला उद्यमी आकर्षित भएका छैनन् ।

National life insurance

सरकारले महिला उद्यमशील कर्जाको स्कीम ल्याएकोबारे आफू अनभिज्ञ रहेको पिपल्स फस्र्टकी सञ्चालक इच्छा मल्ल बताउछिन् । उनी भन्छिन्, “सरकारले महिला उद्यमशील कर्जा कार्यक्रम लागू गरेको मलाई थाहा नै छैन, हामीलाई ऋण चाहिएमा धितो मागिन्छ आफूसँग धितो नहुने भएकोले ऋण लिन नै गएको छैन।”

त्यस्तै कटन मिल सञ्चालक प्रसना बस्नेत पनि आफूले सहुलियतपुर्ण कर्जाअन्तर्गत राखिएको महिला उद्यमशील कर्जाको उपभोग गर्न नपाएको बताउछिन् । उनी भन्छिन्, केही समयअघि ऋण लिन बैंकमा प्रयास गर्दा धितो मागिएपछि म रित्तै फर्किएँ, त्यसपछि गएकी छैन।”
त्यस्तै ललितपुरकी अर्की महिला युवा उद्यमी उपासना श्रेष्ठ पनि आफूले अहिलेसम्म सहुलियतपुर्ण कर्जा नपाएको गुनासो गर्छिन् । उनी भन्छिन्, “बैंकहरुले धितो नभई ऋण दिंदैनन्, आफूसँग धितो नहुने महिला उद्यमी बरु सहकारीबाटै कर्जा लिएर काम चलाइरहेका छन्।”

बैंक तथा वित्तीय सस्थाहरुले महिला उद्यमशील कर्जा वापत सहुलियतपूर्ण व्याज (६%)मा विना धितो १५ लाख रुपैयाँसम्म कर्जा पाउँछन् । केही समयअघि एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भनेका थिए, “अहिलेसम्म कुनै महिला उद्यमीले उद्यमशील कर्जा नपाएको मसँग गुनासो गर्नु भएको छैन, यदि कुनै बैंकले महिला उद्यमशील कर्जा प्रवाह नगरेमा मलाई खबर गर्नुहोला।”

नेपाल राष्ट्र बैंकले जारी गरेको कार्यविधि अनुसार सो ऋण एकल वा सामूहिक जमानीमा उपलव्ध गराउनुपर्नेछ। कार्याविधि अनुसार उक्त कर्जा पाँच बर्षभित्र चुक्तागरिसक्नुपर्छ भने व्याजदर बैक तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा जम्मा दुई प्रतिशत मात्र थपेर लिन पाउनेछन् ।

उता बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहाल भने सरकारले दिने व्याज अनुदान बैंक तथा वित्तीय संस्थालाई प्राप्त गर्न लामो समय लाग्ने र धितो नहुँदा कर्जा उठ्ने सम्भावना कम हुने भएकाले बैंकहरुले बाध्य भएर सुरक्षित धितो लिन परेको बताउँछन् ।

“बैंकहरुले सुरक्षित कर्जा प्रवाह गर्नुपर्छ त्यसैले पनि सुरक्षित धितो खोजीएको हो, तर हामीले महिला उद्यमशील कर्जा नै नदिएको भने होइन त्यस्तो कर्जाको लागि माग नै आउँदैन,” दाहालले दाबी गरे।

प्रकाशित: Feb 10, 2020| 15:50 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्