इटहरी- बलात्कार आरोपमा पक्राउ परेका कृष्णदासका पक्षमा उनका समर्थकले अदालत परिसरमा नारा लगाइरहका छन्। जिल्ला न्यायाधीश रामचन्द्र उप्रेतीको एक नम्बर इजलासमा थुनछेक बहस भइरहेकाे छ ।
समर्थकले श्री राम जय राम जय श्री राम जय जय राम को नारा लगाइरहेका छन्। यस्तै केही महिला अधिकारवादीले उनीमाथि कारबाही हुनुपर्ने भन्दै जिल्ला अदालत परिसरमा धर्ना दिइरहेका छन् ।
उनलाई केही बेरअघि बयानका लागि अदालतमा उपस्थित गराइएको छ। बयान सकिए आजै थुनछेक बहस हुने अदालत स्रोतले जनाएको छ।
महिला अनुयायीमाथि करणी गरेको आरोपमा कृष्णदासलाई गत मंसिर १६ गते पक्राउ गरिएको थियो।
