शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
आरकेएस भदौरीया भारतीय वायु सेनाका प्रमुख बन्ने भएका छन्। उनले बीएस धनवालाई प्रतिस्थापन गर्दै छन्।

राष्ट्रसंघको महासभाका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुईवटा भेटवार्ता हुने भएको छ।

इरानी विदेशमन्त्रीले भनेका छन्, ‘यदी इरानलाई सैन्य हमला गरिन्छ भने यसले चौतर्फी युद्धको परिवेश सिर्जन गर्नेछ।’

चीनले आफ्नो सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल बेइजिङ डाक्सीन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पहिलो व्यवसायिक उडान भर्दै छ।

पूर्व अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफू जिम्मेवारीबाट मुक्त हुनेवित्तिकै राष्ट्रपति ट्रम्पविरुद्ध विष वमन थालेका छन्।

भारतीय पूर्व केन्द्रीय मन्त्री पी चितम्बरमले आफ्नो जेल जीवन अत्यन्तै कष्टकर भएको र तकिया, तन्ना र कुर्सीपनि नभएको भन्दै बिहीबार अदालतसमक्ष उजुरी दिएका छन्। 

फ्रान्सले सिआईएका विद्रोही कर्मचारी एडवार्ड स्नोडनलाई शरण दिने कुनै कारण आफूसँग नभएको बताएको छ।

इस्लामिक स्टेटका लडाकुलाई लक्षित गरिएको अमेरिकी ड्रोन गैरसैनिक इलाकामा खस्न पुग्दा ३० जना सर्वसाधारणको मृत्यु भएको छ। 

आफ्नो राष्ट्रिय सुरक्षाका लागि साउदी अरेबीयाले जस्तोसुकै प्रतिकार गर्नसक्ने अधिकार उससँग सुरक्षित रहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन्। भर्खरै साउदी तेल उत्पादन केन्द्रहरुमा भएका भयंकर आतंककारी आक्रमण पछि उनको यस्तो वक्तव्य आएको हो।

संयुक्त राष्ट्रसंघले साउदी तेल उत्पादन केन्द्रको आतंककारी हमलाबारे अनुसन्धान गर्न राष्ट्रसंघीय विज्ञ टोली त्यसतर्फ पठाउने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।