सोमबार, भदौ १, २०८३

समाजवादी पार्टीले सरकार छाड्‍यो

 |  मंगलबार, पुस ८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

काठमाडौं– समाजवादी पार्टी नेपालले संघीय सरकार छोड्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी पदाधिकारी बैठकले सरकार छोड्ने निर्णय गरेको पार्टी अध्यक्ष उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसियाले जनाए।

उनका अनुसार आजै प्रेस विज्ञप्ति जारी गरेर सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिनेछन्।

सरकारसँगको सम्बन्ध र अहिलेसम्मको उपलब्धिका विषयमा बुधबार दिउँसो २ बजे समाजवादीले पत्रकार सम्मेलन आयोजना गर्नेछ।

संविधान संशोधनलगायतको विषयमा दुई बुँदे सहमति गरी तत्कालिन संघीय समाजवादी फोरम सरकारमा सामेल भएको थियो।

सोमबारको मन्त्रिपरिषद्मा समाजवादीका अध्यक्ष एवं उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले संविधान संशोधन सम्बन्धी प्रस्ताव लगेका थिए। तर प्रधानमन्त्री ओलीले प्रस्ताव अस्वीकार गरेका थिए।

के थियो यादवको प्रस्तावमा ?

सोमबारको मन्त्रिपरिषद् बैठकमा यादवले संविधानमा सुधार गर्नुपर्ने विषयहरु पहिचान गरी संशोधनको मस्यौदासमेत तयार पार्नका लागि विज्ञ समिति गठनको प्रस्ताव राखेका थिए। संविधानमा कतिपय व्यवस्थाहरु मस्यौदाको दृष्टिले परिमार्जन गर्नुपर्ने वा कतिपय व्यवस्थाहरुमा रहेका अन्तरविरोध सम्बोधन गर्न विज्ञ समूह गठन गर्नुपर्ने उनको प्रस्ताव थियो।

उनको प्रस्तावमा ख्यातिप्राप्त संविधानविद्, सर्वोच्च अदालतका पूर्व न्यायाधीशमध्येबाट सरकारले तोकेको व्यक्ति अध्यक्ष र नेपाल कानुन आयोगका अध्यक्ष, उपाध्यक्ष, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तोकेका तीन जना संविधानविद् सदस्य तथा कानुन मन्त्रालयले तोकेको व्यक्ति सदस्य सचिव रहने गरी विज्ञ समूह गठन गरिनुपर्ने उल्लेख छ। प्रस्तावमा उक्त समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले चार महिना रहने भनिएको छ।

याे पनि

संविधान संशोधनमा प्रधानमन्त्री कठाेर

प्रकाशित: Dec 24, 2019| 07:55 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।