काठमाडौं– बलात्कार प्रयासको आरोप लागेका पत्रकार शिव सुवेदी पुर्पक्षका लागि जेल चलान भएका छन्। जिल्ला अदालत रुपन्देहीले पुर्पक्षमा राखी अनुसन्धान गर्न आदेश दिएसँगै उनी रुपन्देही कारागार चलान भएका हुन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका मुद्दा फाँट प्रमुख केशवराज ज्ञवालीका अनुसार पुस १ गते जिल्ला अदालतले उक्त आदेश दिएको हो।
मंसिर पहिलो साता लुम्बिनीमा आयोजित एक कार्यक्रमका क्रममा सुवेदीले बलात्कारको प्रयास गरेको भन्दै एक युवतीले ११ मंसिरमा प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको थियो।
सोही प्रकरणका दुई आरोपी प्रकाश न्यौपाने र रिया बस्नेत भने प्रहरीको फरार सूचीमा छन्। प्रहरीले उनीहरुलाई पक्राउ नगरेको भन्दै पीडित पक्षले असन्तुष्टि जनाएको छ।
सम्बन्धित समाचार