सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यायाधीशकी पीएसओलाई जिप्रका झिकाइयो, हतियार नहराएको डीएसपीको दाबी

न्यायाधीशकी पीएसओलाई जिप्रका झिकाइयो, हतियार नहराएको डीएसपीको दाबी

 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

जनकपुरधाम– प्रेमीसँगको लफडाले जनकपुर उच्च अदालतकी एक न्यायाधीशको सुरक्षामा खटिएकी महिला प्रहरी जवान तनावमा परेकी छिन्। प्रेमी शिवेन्द्र यादवसँग भएको विवादका कारण उच्च अदालतकी न्यायाधीश शकुन्तला घिमिरेकी पीएसओ प्रहरी जवान रनिता केवटलाई तनाव भएको हो।

न्यायाधीश घिमिरेको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय धनुषाले नवलपरासी रामग्राम नगरपालिका–१० घर भएकी केवटलाई खटाएको थियो। जनकपुरधाम–४ भैरव चोकमा डेरा लिएर बस्दै आएकी उनको सोमबार राति नवलपरासी रामग्राम–८ घर भएका प्रेमी शिवेन्द्रसँग विवाद भयो।

दुईजनाको विवादपछि शिवेन्द्र न्यायाधीशकी पीएसओ रनिताको सात राउन्ड गोली लोड भएको पेस्तोलसहित फरार भएको स्रोतले जनाएको छ। प्रहरी फरार भएका शिवेन्द्रको खोजी गरिरहेको छ भने प्रहरी जवान रनितालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ। रनिता अहिले जिल्ला प्रहरी कार्यालयको निगरानीमा रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले प्रहरी जवान रनितालाई जिल्ला प्रहरी कार्यालय झिकाइएको बताए। राति घरमा प्रेमीसँग विवाद र कुटपिट गरेकोले न्यायाधीशको सुरक्षाबाट हटाई उनलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको कार्की बताउँछन्। यद्यपि डीएसपी कार्कीले शिवेन्द्र हतियार बोकेर भागेको कुरा सत्य नरहेको दाबी गरे।

प्रहरी जवान रनिता र उनका प्रेमी शिवेन्द्रबीच विवाद र सामान्य धक्कामुक्की भए पनि हतियार बोकेर फरार भएको कुरा झुटो रहेको उनको भनाइ छ।

‘दुबैजनाबीच आन्तरिक कारणले विवाद हुँदा सामान्य धक्कामुक्की भएको हो, तर हतियार बोकेर भागेको कुरा भने हल्लामात्र हो, हतियार हामीसँगै छ,’ कार्कीले नेपाल समयसँग भने, ‘फरार भएका शिवेन्द्रको खोजी भइरहेको छ, ऊ नियन्त्रणमा आउँछ।’ न्यायाधीशजस्तो व्यक्तिको सुरक्षार्थ खटेकी प्रहरी जवानसँग झगडा र विवाद गरेकोले उसको खोजी भइरहेको उनको भनाइ छ।

प्रकाशित: Dec 17, 2019| 10:53 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।