एजेन्सी- फुटबल स्टार नेयमारलाई बलात्कारको आरोप लगाएकी महिलाविरुद्ध ब्राजिल प्रहरीले मुद्दा चलाएको छ।
साओ पाउलो प्रहरीले नेयमारमाथि आरोप लगाउने नाजिला ट्रेन्डाडे र उनका पूर्वपति इस्टिभिन अलाभेसमाथि मुद्दा चलाएको ब्राजिलका सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
प्रहरीसँग झुटो बोल्दै नेयमारमाथि बलात्कारको आरोप लगाएको भन्दै प्रहरीले उनलाई ठगीको मुद्दा चलाएको हो। ब्राजिलीयन मोडल नाजिलाले मे १५ मा पेरिसको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरी समक्ष उजुरी दिएकी थिइन्।
प्रहरीले भने पर्याप्त प्रमाण नपाइएको भन्दै नेयमारलाई सफाई दिएको थियो।
त्यसपछि प्रहरीले उक्त आरोपमा प्रमाणको कमी देखेपछि नाजिला र उनका पतिमाथि नै अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानपछि प्रहरीले उनीहरुविरुद्ध ठगीको मुद्दा दर्ता गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४