शुक्रबार, वैशाख २६, २०८२

सेयर बजार दोहोरो अंकले ओरालो

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
triton college
National life insurance
काठमाडौं- साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। सेयर बजार परिसुचक (नेप्से) ११.६३ अंकले ओरालो लागेर ११८४.७८ अंकमा अडिएको छ। सूचकसँगै कारोबार रकम पनि ओरालो लागेर २९ करोड ७३ लाख रुपैयाँमा सिमित भएको छ। 

क्रस होल्डिङ भएका सेयरधनीहरुले पछिल्लो चरणमा सेयर बिक्रि गर्दा बजारमा आपूर्ति बढी र माग कम हुन गई नेप्से ओरालो लागेको हो।

राष्ट्र बैंक र बीमा समितिले क्रस होल्डिङ भएका सेयरधनीहरुको अध्ययन गर्ने जनाएको छ। ०.५ प्रतिशत भन्दा माथिको सेयर क्रस होल्डिङ भएको देखिएमा बिमा र बैंकलाई मर्जरको लागि बाध्य बनाइने बताउँदै आएको छ।

त्यस्तै अर्थ मन्त्रालयले गठन गरेको अध्ययन समितिले गत असारसम्ममा गर्नुपर्ने भनी विभिन्न कार्यतालिका पेस गरेको थियो। तर ति कार्यतालिकाहरु अगाडि बढाउन नसक्दा पनि बजामा उत्साह देखिँदैन। 

आइतबार फाइनान्स बाहेक सम्पुर्ण सूचक तथा उपसूचक ओरालो झरेका छन्। सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनीको सूचक ८०.०१ अंकले घटेको छ।

आइतबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ९७ लाख रुपैयाँको भएको छ। दोहोरो अंकले नेप्से सूचक ओरालो झर्दा सबैको लघुवित्त वित्तीय संस्था र युनाइटेड फाइनान्सको सेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ।

नेपाल लाईफको २५ प्रतिशत बोनस सेयर सूचिकरण भएर आएपछि त्यसमा बिक्री चाप पर्दा समग्र बीमा क्षेत्रमा निराशाको अबस्था उत्पन्न भएको थियो। 

जीवन र निर्जीवन बीमाका साथै बजार हिस्सा धेरै रहेका बाणिज्य बैंक, बिकास बैंक लगायतका कम्पनीहरुमा बिक्री चापले बजार ओरालो लागेको छ। 

यसदिन सबैभन्दा बढी कमाउनेमा सबैको लघुवित्त वित्तिय संस्था, युनाइटेड फाइनान्स, ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लगायतका लगानीकर्ता रहेका छन् भने सबैभन्दा बढी गुमाउनेहरुमा सान्जेन जलविद्युत कम्पनी, रसुवागढी हाइड्रो पावर, ओरेन्टल होटल लगायतका लगानीकर्ताहरु रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्