सोमबार, साउन २५, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज जेठ २५ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

प्रधानमन्त्री कप : बाचा अपुरो, पुरस्कार अधुरो !

 तेस्रो संस्करणको प्रधानमन्त्री कप एयकदिवसीय क्रिकेट प्रतियोगिता यही जेठ १० गतेबाट तामझामका साथ सुरु भयो । कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली नेपाल आर्मीलाई ४ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्यो । 

प्रधानमन्त्री कपको उपाधि पुलिसलाई

विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ।

प्रधानमन्त्री ओली युरोप प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा निस्किएका छन्। बीस सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली युरोप भ्रमणका लागि शनिबार वेलुका ७ः१५ मा त्यस तर्फ प्रस्थान गरेका हुन्। 

‘सरकार गुणस्तरीय शिक्षाप्रति सकारात्मक देखिएन’

नेपाल शिक्षक संघका संघीय अध्यक्ष राजेन्द्रराज पौडेलले गुणस्तरीय शिक्षाप्रति वर्तमान सरकारको भूमिका नकारात्मक देखिएको आरोप लगाएका छन्।

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको असहमतिका बिच कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशले संघीय सरकारको नक्कल गर्दै अपरिपक्क नीति तथा कार्यक्रम ल्याएको भन्दै प्रतिपक्षले असहमति जनाएको हो। केन्द्र सरकारले ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रमको नक्कल गरेर ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ ल्याएको, ५९ प्रतिशत साक्षरता भएको प्रदेशलाई दुई वर्षभित्र पूर्णसाक्षर घोषणा गर्न हतार गरिएको लगायतका बुँदामा प्रतिपक्षले असहमति जनाएको छ।

हावाहुरी पछिको चिन्ता : घरको छानो कसरी हाल्ने ?

रामबहादुर चौधरीले हावाहुरीले भत्काएको घरको दिवाल त शनिवार चुनाइ गरे। तर, घरको छानो छाउन कर्कटपाता कहाबाट ल्याउने भन्ने चिन्ताले उनलाई सताएको छ। 

‘सरकारले राज्य र समाजलाई कम्युनिस्टिकरण गर्न खोज्यो’

नेपाल कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार राज्य र समाजको हरेक क्षेत्रलाई कम्युनिस्टिकरण खोजेको आरोप लगाएका छन्। निधिले स्वास्थ्य, शिक्षा, रेडक्रस, परिवार नियोजन, विश्वविद्यालयलगायतक क्षेत्रमा आफू पक्षधर मानिस राखेर सरकार राज्य र समाजलाई कम्युनिस्टिकरण गर्नतर्फ उद्यत रहेको बताएका छन्।

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारको मानव साङ्लो

 नेपाल पत्रकार महासंघले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकविरुद्ध शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ। महासंघको नेतृत्वमा पत्रकारहरुले हातेसाङ्लो बनाएका विधेयको विरोधमा जनाएका हुन्।

लोकतन्त्रको नाममा सर्वसत्तावाद हावी भयो : अध्यक्ष थापा

राप्रपाका अध्यक्ष कमल थापाले परिवर्तनलाई संस्थागत गर्ने नाममा प्राचीनकालदेखि कायम रहेको सनातन संस्कृतिलाई विस्थापित गरेर धर्म निरपेक्षता लाद्ने कुरा स्वीकार्य नहुने बताएका छन्। नेपालको एकीकरणदेखि प्रजातन्त्रको स्थापना गर्ने राजसंस्थालाई पाखा लगाएर जबर्जस्ती गणतन्त्र कायम गरेयताका १३ वर्षको अवधिको स्वच्छ मूल्याङकन गर्ने हो भने मुलुकको अवस्था झन् जर्जर र भयानक भएको नेता थापाको टिप्पणी छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीस युवालाई रोजगारी

पाल्पाको रम्भा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत तीस युवालाई रोजगार दिन थालेको छ। बेरोजगार नागरिकलाई रोजगार दिने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा गाउँपालिकाले ३० जनालाई छनोट गरी रोजगार दिन लागेको हो। यस कार्यक्रमका लागि गाउँपालिकामा ४५० ले बेरोजगारी फारम भरेका थिए ।

साताको शेयर बजार : दुई अर्ब ७५ करोडको कारोवार

धितोपत्र बजारमा यस साता दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ बराबरको शेयर कारोवार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ८३ लाख ६६ हजार २५५ कित्ता शेयर कारोवार भए। 

विदेशबाट रित्तो हात : तरकारी खेतीबाट फलिफाप

जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ।

भारतमा एक नेपालीको हत्या

बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ। हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।  

चार देशका लागि राजदूत सिफारिस, को कहाँ ?

सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अस्ट्रेलिया, स्पेन, बंगलादेश र कतारका लागि राजदूत सिफारिस गरेको हो।

बैठकमा उपस्थित हुन लालबाबुलाई अन्तिम मौका

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आगामी सोमबार बस्ने बैठकमा सहभागी हुन अन्तिम मौका दिने भएको छ। स्थानीय तहको कर्मचारी भर्नासम्बन्धि लोक सेवा आयोगले खुलाएको विज्ञापनका सम्बन्धमा सरकारको धारणा बुझ्न समितिले शुक्रबार अपरान्ह बोलाएको बैठकमा अनुपस्थित भएपछि मन्त्री पण्डितलाई बैठकमा आउनेबारे सोमबार अन्तिम मौका दिइएको हो।

नेवार समुदाय सिथि नखः पर्व मनाउँदै

नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन्। जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन्। 

कांग्रेस जागरण अभियान : गुटगत शक्ति संघर्षले बन्यो फितलो

गत बैशाख २५ गतेबाट नेपाली कांग्रेसले सुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण आज (शनिबार) समापन हुँदैछ। सांगठनिक सुदृढिकरणको मुल उद्देश्य राखेर आयोजना गरिएको जागरण अभियानको पहिलो चरण आजबाट सकिन लागेको हो।

कोरियन भाषा परीक्षा आज र भोलि

दशौं कोरियन भाषा परीक्षा शनिबार (आज) र आइतबार हुँदैछ। शनिबार र आइतबार हुने परीक्षाका लागि काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ गरी ३२ परीक्षा केन्द्र तोकिएको छ। 

जोमसोम विमानस्थल १५ दिनका लागि बन्द

मुस्ताङको जोमसोम विमानस्थल शनिबार (आज) देखि १५ दिनका लागि बन्द भएको छ। विमानस्थलको धावनमार्गमा कालोपत्रे थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ।

माइतीघरमा कार र मोटरसाइकल ठोक्कियो, एकजनाको मृत्यु

सवारी दुर्घटनामा परि शुक्रबार राति काठमाडौंको माइतीघरमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बा १७ च ४३८४ नम्बरको कार र बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा नयाँ बानेश्वरका २३ वर्षीय आयुषराज पाण्डेको मृत्यु भएको हो। 

'सेटिङ' मै हुन्छ तस्करी...

केही दिनअघि भन्सारको टोलीले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित एक घरबाट ठूलो परिणाममा लत्ताकपडा, चप्पल जुत्ताहरुको पोका नियन्त्रणमा लियो। भन्सारको टोलीले गुप्त सूचनाको आधारमा छापामार्दै लाखौं मूल्य पर्ने ती सामानहरु नियन्त्रणमा लिएको थियो। ती समानहरु भन्सार छलेर जनकपुरसम्म भित्र्याइएको थियो।

सुदूरमा हावाहुरीको वितण्डा : १ हजार ५ सय घर टहरामा क्षति

बिहीबार राती आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा एक हजार पाँच सय बढी घर टहरामा क्षति पुगेको प्रारम्भिक तथ्यांक आएको छ। हावाहुरीबाट घरटहरा भत्किए पछि दर्जनौं परिवार विस्थापित भएका छन्। दुवै जिल्लामा नीजि, सार्वजनिक, विद्यालय र प्रहरी चौकीका भवन समेत गरेर झण्डै एक हजार पाँच सय घरमा आशिंक तथा पूर्ण क्षती पुगेको बताइएको छ। 

बेलायती प्रधानमन्त्री मेले दिइन् पार्टीबाट राजीनामा

बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएकी छिन्। प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताएकी थिइन्।

उपत्यकामा सवारी दुर्घटनाको डरलाग्दो अवस्था, २२२ को मृत्यु

 काठमाडौं उपत्यकामा सवारी दुर्घटनाका कारण २२२ जनाको मृत्यु भएको छ। 

ओलीको युरोप यात्रा : यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दै छन्। 

बिना मेकअपकी करीना

करीना कपुर यतिवेला इटालीको टपस्कनीमा पति सैफअली खान र छोरा तमुरसँग बिदा मनाइरहेकी छन्। ३८वर्षीया करीनाको यतिवेला एउटा सेल्फी बाहिर आएको छ। जसमा उनले होल्टर नेक फ्लोरल प्रिन्टको ड्रेस पहिरिएकी छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।