सुदूरमा हावाहुरीको वितण्डा : १ हजार ५ सय घर टहरामा क्षति

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/hawa_huri.jpg

धनगढी - बिहीबार राती आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा एक हजार पाँच सय बढी घर टहरामा क्षति पुगेको प्रारम्भिक तथ्यांक आएको छ। हावाहुरीबाट घरटहरा भत्किए पछि दर्जनौं परिवार विस्थापित भएका छन्। दुवै जिल्लामा नीजि, सार्वजनिक, विद्यालय र प्रहरी चौकीका भवन समेत गरेर झण्डै एक हजार पाँच सय घरमा आशिंक तथा पूर्ण क्षती पुगेको बताइएको छ। 

प्राप्त विवरण अनुसार कैलालीमा झण्डै एक हजार तीन सय र कञ्चनपुरमा दुई सय बढी घरमा क्षती पुगेको हो। कैलालीमा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकालगायत जिल्लाका अन्य स्थानीय तहमा समेत गरेर करिब एक हजार तीन सय घर टहरा भत्किएको अनुमान गरिए पनि विवरण संकलन जारी रहेकाले संख्या बढ्न सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश डाँगीले जनाए।

हावाहुरीबाट सबैभन्दा बढी जिल्लाको धनगढी उपमहानगरपालिका प्रभावित भएको प्रहरीले जनाएको छ। कञ्चनपुरमा हावाहुरीबाट एक सय ८५ नीजि घर र १४ वटा प्रहरी चौकी र अस्थायी प्रहरी चौकीका भवनमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कतिपय घरका छाना मात्र उडाएको छ भने कतिपय घर पूर्ण रुपले क्षतिग्रस्त भएका छन्। सबैभन्दा बढी जिल्लाको भीमदत्त र वेदकोट नगरपालिकामा क्षति पुगेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले जानकारी दिए।
 
जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले क्षतिको विवरण संकलनको जिम्मेवारी स्थानीय स्तरमा वडाअध्यक्षको संयोजकत्वमा गठित समितिलाई दिएको छ। उक्त समितिले विवरण संकलन गरेपछि मात्र क्षति भएका घर टहराको विवरण आउने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जानकारी दिए। उक्त विवरण आएपछि आवश्यकताका आधारमा राहत वितरण गरिने प्रजिअ बोहोराले जनाए। त्यसका लागि राहत वितरणमा एकद्वार प्रणाली लागूगर्दै सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको संयोजकत्वमा उप–समिति गठन गरिएको छ।

हावाहुरीबाट घर भत्किएर खुल्ला आकासमा दिनरात बिताउनुपर्ने अवस्थामा पुगेका परिवारहरुका लागि सरकारले तत्काल राहतको व्यवस्था गर्न नसकेको बन्दै प्रभावित परिवारले गुनासो गरेका छन्।

यो पनि पढ्नुस्

हावाहुरीले क्षणभरमै लुट्यो खुसी




प्रतिक्रिया