कांग्रेस अनुशासन समितिले आफ्ना नेता तथा कार्यकर्तासँग स्पष्टीकरण सोध्ने भएको छ। संघीय संसद्, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेका नेताकार्यकर्ताविरुद्ध परेको उजुरीमा समितिले छानबिन गरिरहेको छ। छानबिनमा दोषी देखिए जुनसुकै तहका नेतामाथि पनि कारबाही हुने दाबी समिति पदाधिकारी को छ।
नेकपाले केन्द्रीय सदस्यहरुलाई जिल्ला इन्चार्ज तोक्ने तयारी गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा यसबारे सकारात्मक छलफल भएको छ। यस विषयमा अन्तिम निर्णय गर्न बिहीबार बिहान सचिवालयको बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल समयलाई जानकारी दिए।
कर्णाली करिडोरको गल्फाघाड सडक खण्डमा ब्लास्टर पड्किँदा आउने ड्याङड्याङ आवाजले हुम्लाका अदानचुली र ताँजाकोटवासी अचेल निकै खुसी छन्। सडकमा ब्लास्टरको जति ठूलोठूलो आवाज आउँछ त्यति नै उनीहरुको खुसी अझ बढेर जान्छ। कारण वर्षौंपछि आँगनमै सडक पुग्न थालेको छ। कुनै समय हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने कुरा सुन्दा सपना मात्रै ठान्ने उनीहरु छिमेकी जिल्ला बाजुराको धुलाचौरमा सररर गाडी गुडेको देख्दा आफैँ दंग छन्।
काठमाडौं उपत्यकामा शृंखलावद्ध विस्फोटको भोलिपल्ट जेठ १३ गते गृहमन्त्री रामबहादुर थापा 'बादल'ले संघीय संसदमा भनेका थिए,'विप्लव समूहले चारवटा सैन्य कम्पनी खडा गरिसकेको छ। प्रत्येक कम्पनीमा १ सय २७ जना छन्।'
प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको लागि पेश गरेको नीति तथा कार्यक्रममा सत्ता पक्षकै सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। १९ जेठमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममा सत्ता गठबन्धनका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रदेशसभा सदस्य मनिष सुमनले संशोधन हालेका हुन्।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ। प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभा वैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
गण्डकी प्रदेश सभामा बुधबार प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम आगामी जेठ २४ गते शुक्रबार हुने भएको छ।
सवारी ज्यान मुद्दामा घूस लिएर नक्कली चालक खडा गर्ने प्रहरी निरीक्षक पक्राउ परेका छन्। दस लाख रुपैयाँ घूस लिएर नक्कली चालक खडा गरी सवारी ज्यान मुद्दामा चालक नै परिवर्तन गरेको अभियोगमा इलाका प्रहरी कार्यालय गैंडाकोट नवलपुरका प्रहरी निरीक्षक लोबहादुर जिसी पक्राउ परेका हुन्।
प्राध्यापक डा.गोविन्द केसीले सरकारको चर्को आलोचना गरेका छन्। बुधबार विज्ञप्ति जारी गर्दै डा.केसीले सरकार निरंकुश बाहुबली बन्ने खोजेको आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले श्रम, समाज कल्याण तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित लाखौँ नेपाली युवा रोजगारीका लागि मलेसिया जानबाट वञ्चित भएको विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।
सुडान संकटमा दर्जनौं मृतकहरुका शरीर समुन्द्रबाट बरामद गरिएको छ। राजधानी खार्तुममा भएको विपक्षीहरुको प्रदर्शनविरुद्ध गरिएको दमनको परिणामस्वरुप यस्तो हुन गएको हो।
बोइङको चेतावनी : विमानका पखेटामा समस्या हुनसक्छ
अमेरिकी विमान निर्माता कम्पनी बोइङले केही ७३७ विमानका पखेटामा समस्या हुनसक्ने चेतावनी दिएको छ। बोइङले विश्वभरका ३०० भन्दा बढी विमानहरूको विङ्ग स्लट्स भनिने भागमा सम्भावित त्रुटी रहेको पहिचान गरेको छ।
मुलुकमा कुनै रोजगारीको स्रोत नभएर युवा रोजगारीको खोजीमा खाडी मुलुक छिर्ने क्रमले सिरहाका विभिन्न गाउँमा पनि असर परेको छ ।
नेपाली कांग्रेसका सांसद गगन थापाले निजामती कर्मचारीहरूलाई हप्तामा दुई दिन बिदा दिन प्रस्ताव गरेका छन्। संघीय निजामती सेवासम्बन्धी ऐनमाथि संशोधन प्रस्ताव राख्दै थापाले कर्मचारीलाई शनिबार र आइतबार बिदाको व्यवस्था कानुनी रूपमै राख्न प्रस्ताव गरेका हुन्।
पत्रकार विराट अनुपमको ‘नाक भाँचिदिने’ सार्वजनिक अभिव्यक्ति दिएर आलोचित बनेका इटहरीका मेयर द्वारिकलाल चौधरीलाई आत्मालोचना गर्न नेकपाका नेताहरूले सुझाव दिएका छन्। जनप्रतिनिधिले सार्वजनिक रूपमा पत्रकारलाई धम्की दिएपछि नेकपामाथि नै आलोचना हुन थालेपछि नेताहरूले चौधरीलाई सच्चिन सुझाव दिएका हुन्। मेयर चौधरी नेकपाबाट विजयी भएका हुन्।
नेपाल पत्रकार महासंघले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा धम्की दिएको घटनाप्रति विरोध जनाएको छ।
जनकपुर अञ्चल अस्पतालमा उपचार गराउन पुग्ने बिमारीलाई निजी क्लिनिकमा पठाउने थप एक दलाललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २० वर्षीय आरएन राइन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा व्यक्तिका नाममा रहेको जग्गा कब्जा गरेको छ। चाँगुनारायण नगरपालिका–५ निवासी निर्मलाकुमारी पुरी र कमलविनायक–१० चन्द्रमाया सुवालका नाममा रहेको एक रोपनी एक आना जग्गा विप्लव समूहले कब्जा गरेको हो।
इद उल फित्रका अवसरमा नवाज पढाउन गएका एक मौलबीको धनुषामा करेन्ट लागेर मृत्यु भएको छ। बुधबार बिहान नवाज पढाउन गएका सबैला नगरपालिका–८ ठिल्लाका मौलबी ३५ वर्षीय मो.हकिम राइनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। राइन इदका अवसरमा सबैला नगरपालिका–३ स्थित इदगाहमा नवाज पढाउन पुगेका थिए।
आज इद उल फित्र विश्वभरका मुसलमानले हर्षोल्लासका साथ मनाइरहेका छन्। मस्जिदमा जानु, नमाज पढ्नु र आपसमा शुभकामना साटासाट गर्नु यो पर्वको विशेषता हो।
मुस्लिम धर्मावलम्बीहरूले हर्षोउल्लासका साथ ‘इद उलफित्र’ पर्व मनाउँदैछन् । आत्मशुद्धिका लागि एक महीनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि बुधबार बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो ।
इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उलफित्र’का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई शुभकामना दिएकी छिन् ।
काठमाडौं महानगरपालिकाले “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५” को आयोजना गरेको छ। बुधबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रमको अन्तिम छनोट तथा समापन समारोह थानीय सरकारको तहबाट स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धाको पहिलो प्रयास हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४