काठमाडौं- आज जेठ २१ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
प्रहरीले जेठ महिनामा ठूलो विनाशकारी भूकम्प आउँदैछ भनेर भ्रम फैलाउने एक ज्योतिषलाई पक्राउ गरेको छ। प्रहरीले युवा ज्योतिष अर्जुन क्षेत्रीलाई मंगलबार गौशालाबाट पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले भ्रम फैलाउने भविष्यवाणीले सर्वसाधारणलाई त्रशित पारेको भन्दै उनलाई पक्राउ गरेको हो।
दूरसञ्चार सेवा प्रदायक कम्पनी ऐनसेलको लाभकर विवाद हेर्दा हेर्दै असार १० गतेलाई पेसी तोकिएको छ। न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासमा एनसेलको कर विवादमाथिको सुनुवाई सुरु भएको हो।
नेपाली कांग्रेसका नेता गगन थापाले नेकपासँग संख्या भएपनि सिद्धान्त नभएको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा बोल्दै थापाले नेकपाका नेताहरु सार्वजनिक मञ्चमा लाज मानीमानी सिद्धान्त खोजिराखेको बताए। उनले भने, 'बजेटमा आर्थिक विकास, राजश्वको लक्ष्य, नेकपाको विकास दर्शन र सिद्धान्त फेला परेको छैन। मन्त्रालयगत प्राथमिकता पनि निरासाजनक छ।'
प्रदेश २ सरकारले जेठ २२ गते बुधबार सार्वजनिक विदाको घोषणा गरेको छ। मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईद–उल–फित्रको अवसरमा प्रदेश २ सरकारले बुधबार सार्वजनिक विदाको घोषणा गरेको हो।
नेकपा सचिवालय बैठक विना निष्कर्ष सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठक भोलि १२ बजे बस्ने गरी सकिएको छ।
लगनखेलबाट ५० किमि सडक यात्रापछि पुगिन्छ गोटिखेल। चापागाउँ, लेले, नल्लुा, भारदेउ र चौघरे हुँदै गोटिखेलसम्मको यात्रा गर्दा निकै रमाइलो हुन्छ। उकालीओराली सडक, हरिया जंगल र डाँडाकाँडाको सौन्दर्य हेर्दै गर्दा त्यहाँ पुगेको पत्तै हुँदैन।
नेपाल विद्युत प्राधिकरणले विद्युतको पहुँच बढाउन, गुणस्तरीय र विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर अभियानकै रुपमा निर्माण गरिरहेको सबस्टेसनहरुको काम धमाधम सकिन थालेको छ। प्राधिकरणले तीन सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबारबाट संचालनमा ल्याएको छ।
धादिङको उत्तरी गाउँ झार्लाङमा बिजुली बत्ती पुगेको छ। उज्यालो नेपाल अभियानअन्तर्गत खनायवास गाउँपालिका–१ का अक्थली, किउङसहितका सात गाउँ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले खनायवास–१ च्यामथलीमा आयोजित कार्यक्रममा प्रसारण लाइन उद्घाटन गरे।
कर्मचारी कुटपिट गरेर विवादमा आएका इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकार विराट अनुपमलाई एक करोड रुपैयाँ खर्च गरेर नाक भाँच्ने धम्की दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली आफू युरोप भ्रमणमा जानुअघि नै मन्त्रीमण्डल फेरबदल गर्ने तयारीमा छन्। यस विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल भएको छ। केही नयाँ अनुहार समेटेर मन्त्रीमण्डल पुनर्गठनको तयारी गरेको स्रोतले बतायो।
समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।
गत वर्षको तुलनामा यसपालिको बजेट केही राम्रो छ। अर्कोतर्फ बजेट मिहिन ढंगले केलाउने हो भने संविधानमा ‘समाजवाद उन्मुख अर्थतन्त्र हाम्रो लक्ष्य हुनेछ’ भनिएको छ। तर बजेटमा भने निजी क्षेत्रलाई प्राथमिकतामा राखेर पुँजीवाद उन्मुख अर्थतन्त्रको रेखा कोरिएको छ। यो सरासर संविधान विपरीत आएको बजेट हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको चौथो पिएचडी (विद्यावारिधि) को चर्चा मंगलबारको प्रतिनिधिसभामा भएको छ। संसदमा बजेटमाथि छलफल जारी रहँदा शून्य समयमा सांसदहरुले प्रधानमन्त्री ओलीको पछिल्लो पिएचडी उपाधधिबारे चर्चा गरेका हुन्।
विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौं महानगरपालिका, फोहर मैला व्यवस्थापन संघ नेपाल र वातावरण संरक्षण महासंघ नेपालले मंगलबार राजधानीमा संयुक्त कार्यक्रम आयोजना गरेका छन्। यस क्रममा ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने नाराका र्याली निकालिएको थियो। र्याली सहरका विभिन्न भाग परिक्रमा गरी राष्ट्रियसभा गृहमा पुगेर सभामा परिणत भएको थियो।
गृह मन्त्रालयले २६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ।
कोशी राजमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डको विश्वकर्मा मन्दिर नजिक ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु भएको छ।
झोले विद्यालयको जालो भत्किन नपाउँदै पर्सामा नक्कली शिक्षक नियुक्तिको धन्दा प्रकरण सार्वजनिक भएको छ।
भारतमा गर्मी चरमोत्कर्षमा पुगेको छ। देशका विभिन्न स्थानमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा उकालो लागेको छ।
सन् २०१३ मा जर्मनीको फ्य्रांफ्रुटमा आयोजना गरिएको म्याराथन अघिल्लो दिन रद्द गरिएको सूचना आयो । यसबाट विश्वजगत् अचम्मित बनेका बेला जर्मन प्रहरीले म्याराथनको रुट रहेको ओबरओजेलस्थित एउटा घरबाट ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गर्यो ।
गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ ।
रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डअन्तर्गत त्रिशुली नदिमा टाटासुमो पल्टिदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । सोमबार साँझ भएको दुर्घटनामा परि घटनास्थलमै २ जनाको र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
युरोपेली मुलुक पोर्चुगलमा भएको सवारी दुर्घटनामा परि एक नेपाली युवाको मृत्यु भएको छ । गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको दुर्घटनामा परी मृत्यु भएको हो ।
सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा नेत्रविक्रम चन्द विप्लव समूहले आक्रमण गरेको हल्लापछि उक्त समुहले त्यसको प्रतिवाद गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४