पत्रकारलाई मेयरको अर्को धम्की : करोड खर्च गरेर नाक भाँचिदिन्छु (अडियो)

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/Ithari_mayao.jpg

काठमाडौं : कर्मचारी कुटपिट गरेर विवादमा आएका इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकार विराट अनुपमलाई एक करोड रुपैयाँ खर्च गरेर नाक भाँच्‍ने धम्की दिएका छन् ।

नेकपा नेतादेखि कर्मचारीलाई कुटपिट गरेको विषयमा समाचार लेखेको भन्दै मेयर चौधरीले नेपाल समय डटकमका प्रदेश १ संयोजक विराट अनुपमलाई नाक भाँच्‍ने धम्की दिएका हुन् ।

यही जेठ ६ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा नेकपा नेता रामप्रसाद चौलागाईं, ८ गते उमहानगरका नासु मनोज दाहाललाई कुटपिट गरेका मेयरले ८ गते नै पत्रकारलाई हकारेका थिए । यी विषयमा कुरा गर्दा मेयर चौधरी अनुपमसँग जाइलागेका थिए । उनले सामाजिक सञ्जालमा धम्की दिँदै लेखेका थिए, ‘अब तिम्रो पालो ।’

चौधरीले इटहरी उपमहानगरका कर्मचारी लखन चौधरी, मनोज दाहाल, नेकपा नेता रामप्रसाद चौलागाईं पनि धम्की दिएको उनीहरुको भनाइ छ । 
 

सम्बन्धित समाचार 

मेयरको धम्की : ‘हिजो हात हाले, अब लात हान्छु’

सीसी क्यामरा बन्द गरेर मेयरले कर्मचारी कुटे

कर्मचारी कुट्दा मेयरले खोसेको मोबाइल अझै फिर्ता गरेनन्





प्रतिक्रिया