प्रदेश २ मा बुधबार सार्वजनिक विदा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/bida.jpg

जनकपुरधाम– प्रदेश २ सरकारले जेठ २२ गते बुधबार सार्वजनिक विदाको घोषणा गरेको छ। मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईद–उल–फित्रको अवसरमा प्रदेश २ सरकारले बुधबार सार्वजनिक विदाको घोषणा गरेको हो। 

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले ईद–उल–फित्रको अवसरमा बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जनाएका छन्। यसवर्ष जेठ २२ गते ईद–उल–फित्र पर्ने भएकोले सार्वजनिक विदा दिइएको उनले बताएका छन्।

यता संघीय सरकारले यस अवसरमा जेठ २३ गते विहिबार सार्वजनिक विदा दिने घोषणा यसअघि गरिसकेको छ। १६ जेठमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारक प्रवक्ता गोकुल बाँस्कोटोलेल मुस्लिम आयोगको सिफारिसमा जेठ २३ गते ईद–उल–फित्रको विदा दिने निर्णय भएको जनाएका थिए।

ईद–उल–फित्र मुस्लिमहरुले धुमधामका साथ मनाउने गर्दछन्।




प्रतिक्रिया