बुधबार, साउन २०, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज बैशाख ११ गते बुधलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

लोकतन्‍‍त्रको जय होस्

आज वैशाख ११ अर्थात् लोकतन्त्र दिवस। सम्पूर्ण देश र देशवासी आज तेह्रौं लोकतन्त्र दिवस मनाउने तयारीमा छन्। नेपाली लोकतन्त्रले तेह्र वर्ष पूरा गरेको सन्दर्भमा महत्त्वपूर्ण छ यो दिन। दोस्रो जनआन्दोलनका रूपमा चर्चित र स्थापित ०६२/०६३ को राजनीतिक आन्दोलन सफल भएको दिन वैशाख ११ को दिनलाई स्मरण गर्दै मनाइने यो दिवस नेपाल र नेपालीका लागि निश्चय पनि विशेष छ।

सडकमा लोकतन्त्रको 'झ्याम्म झ्याम्म'

 नन्दकृष्ण जोशी लोक देउडा गायक मात्र होइनन्, जनआन्दोलनका सशक्त हस्ती हुन्। आफूसँग भएको प्रतिभा र क्षमता सुदूरको देउडा भाकालाई नै हतियार बनाएर जोशी जनआन्दोलनमा तत्कालीन शाही शासनविरुद्ध सडकमा उत्रिएका थिए। उनकै शब्दमा रहेको झ्याम्म झ्याम्म बोलको गीतमार्फत जोशीले लोकतन्त्र प्राप्तिका लागि २०६२/६३ सालमा सडक तताएका थिए।

लोकतन्त्र विशेष : ल्याउनुछ अब जनताको मुहारमा खुसी

तत्कालीन राजा ज्ञानेन्द्रबाट शाही घोषणा भएको दिन ‘नेपाल ल क्याम्पस’ मा हाम्रो उपत्यकास्तरीय कार्यकर्ता भेला भइरहेको थियो। भेला चलिरहेकै बेला हामीबीच जुलुस निकाल्ने सल्लाह भयो। भेला सक्नेबित्तिकै जुलुस लिएर हामी रत्नपार्क पुग्यौँ। राजा ज्ञानेन्द्रको निरंकुश शासन क्रमशः बलियो हुँदै थियो।

गगनको नजरमा लोकतन्‍त्रका १३ वर्ष : हामी कहाँ चुक्यौं ?

जनआन्दोलन २०६२ सुरु हुन ३ दिन पहिले अर्थात् ०६२ चैत २० नेपाली कांग्रेससहित ७ दलले आन्दोलनको तयारी गरिरहेका बेला तत्कालीन गृहमन्त्री कमल थापाले जनआन्दोलन निस्तेज पार्न गोलीगठ्ठा मात्र हैन, बख्तरबन्द ट्यांकसमेत सडकमा कुदाउने चेतावनी दिए।

आज लोकतन्‍त्र दिवस : ज्ञानेन्द्रले नासो फिर्ता गरेको दिन

आज लोकतन्त्र दिवस । विसं २०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको सम्झनामा आज देशभर लोकतन्त्र दिवसको संझनामा देशैभर विभिन्न कार्यक्रम गरि मनाइदैँछ । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आक्रोशित बनेका राजनीतिक दलहरुले विसं २०६२ चैत २४ गतेबाट जनआन्दोलन सुरु गरेका थिए । तत्कालिन सात दल र माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार आन्दोलन चर्काइएको थियो । 

आठौंको कमजोरी नवौंले पूरा गर्नेछ : उपराष्ट्रपति पुन

वृहत आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन भएको छ। बैशाख ५ गतेबाट औपचारिक रुपमा सञ्चालन भएको प्रतियोगिताको उपराष्ट्रपति पुनले बुधबार समापन गरेका हुन्। समापन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले आठौंमा भएका कमिकमजोरी नवौंले पूरा गर्ने बताएका छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्ने भएको छ। गण्डकी प्रदेशले खेलकुदको कुम्भ २०७७ सालको फागुन २० देखि २७ गतेसम्म विभिन्न स्थानमा भव्यताका साथ सम्पन्न गर्नेगरी जिम्मा दिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए।

वैशाख १२ कै झल्को दिने गरि १२ मिनेटको फरकमा दुई पटक भूकम्प 

वैशाख १२ कै झल्को दिने गरि बुधबार बिहान भूकम्प फेरि भूकम्प गएको छ। काठमाडौं र आसपासका क्षेत्रमा एकाबिहानै १२ मिनेटको फरकमा २ पटक भूकम्प गएको हो । लगातार गएको भूकम्पको धक्काका कारण काठमाडौं र आसपासका स्थानीय त्रसित बनेका छन् ।  

जम्बो टोली बोकेर राष्ट्रपति चीन प्रस्थान, यस्तो छ कार्यतालिका 

नौ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छिन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा करिब ८० जनाको जम्बो टोली बोकेर राष्ट्रपति भण्डारी चीन प्रस्थान गरेकी हुन् । भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल लगायतका विशिष्ट व्यक्तिहरु समेत सहभागि हुने भएका छन् ।

राष्ट्रपति भण्डारी सियानमा

राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा बुधबार अपराह्न सान्सी प्रान्तको राजधानी सियान पुगेकी छिन्। उनलाई सियानयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा सान्सी प्रान्तका उपप्रमुख हु मिङलङ तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत हौ यान्छिका साथै सान्सी प्रान्तको विदेश विभागका उच्च अधिकारीले स्वागत गरेका थिए। 

महाधिवेशन तत्काल गर्न राजपा भित्रै यस्तो दबाब

राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले पार्टीको राष्ट्रिय महाधिवेशन तत्काल गर्न नेतृत्वलाई दिबाब दिन सुरु गरेका छन्। तीन दिनदेखि काठमाडौंमा जारी राष्ट्रिय जनता पार्टी नेपालको पदाधिकारी समितिको बुधबारको बैठकमा नेताहरुले राष्ट्रिय महाधिवेशन तत्काल गर्न पार्टी नेतृत्वलाई दबाब दिएका हुन्।

कांग्रेसको आग्रहपछि प्रदेशसभा बैठक स्थगित

बुधबार बोलाइएको प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ। बुधबार अपरान्ह ३ बजे बोलाइएको प्रदेशसभा बैठक नेपाली कांग्रेसको आग्रहपछि स्थगित भएको हो। लोकतन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेसले सुरु गर्न लागेको राष्ट्रव्यापी जनजागरण अभियानलाई हेर्दै कांग्रेसले मंगलबार बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयलाई आग्रह गरेको थियो।

४० अर्ब कर नतिर्ने एनसेल वहिष्कार ! 

 वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एनसेलले राष्ट्रघात गर्न खोजेको भन्दै उक्त कम्पनीका सिम प्रयोग नगर्न सम्पूर्ण नेपाली जनतालाई आह्वान गरेका छन्। सर्वोच्च अदालतको निर्णय बमोजिम ठूला करदाता कार्यालयले लाभकर तिर्न एनसेललाई तोकेको समयको अन्तिम दिन एनसेलले कर तिर्न छोडी समय लम्ब्याउन र नतिर्ने छलकपट र परिपञ्च गर्दै सर्वोच्चमा मुद्धा दायर गरेको उनले आरोप लगाए। 

सुधारगृहमै मृत भेटिए एक युवक

जनकपुरस्थित एक सुधारगृहमा एकजना बिरामी मृत अवस्थामा फेला परेका छन्। जनकपुरधाम–४ पिडडिया माइस्थानस्थित रिलीफ नेपाल नामक सुधारगृहमा सर्लाही इश्वरपुर नगरपालिका–५ फुलजोरका ४५ वर्षीय राजन घिमिरेको शव झुण्डिएको अवस्थामा मंगलबार राति फेला परेको हो। मानसिक रोगी रहेका राजनले आत्महत्या गरेको सुधारगृहको दाबी छ।

नागरिकता वितरणमा कडाइ

सर्वोच्च अदालतको पछिल्लो आदेशपछि जन्मसिद्ध नागरिकता लिएका व्यक्तिको सन्तानले नागरिकता लिने क्रम धनुषामा बढेको छ। जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेहरुको भरिभराउ छ। कार्यालय खुल्ने समय बिहान १० बजे अगावै नागरिकताका लागि आवेदन दिन सेवाग्राही जिल्ला प्रशासन कार्यालय पुगिसकेका हुन्छन्।

डडेल्धुरामा बस पल्टियो : मृतक ५ जनाको सनाखत

डडेलधुराको गन्यपाधुरा गाउँपालिका–१ साहुखर्कमा यात्रवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ। यसअघि डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले ७ जनाको मृत्यु भएको जानकारी गराएका थिए। मृत्यु हुनेमा ३ पुरुष र २ महिला रहेको प्रहरी निरीक्षक खड्काले बताए।

खुलारुपमा दूध बिक्री गर्न रोक

मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको हो। 

बिहे गर्न नमान्दा भारतीय बेहुला तीन दिन बन्दी

पर्साको छिपहरमाई गाउँपालिकामा बेहुली लैजान अस्वीकार गर्ने बेहुला सहितको जन्तीलाई गाउँलेले तीन दिनसम्म बन्दी बनाएर रिहा गरेका छन् । बिहेको लागी देखाइएको युवतीको साटो अर्कैलाई बेहुली बनाएर मण्डपमा बसाइएको आशंका गर्दै भारतको सीमावर्ती पश्चिम चम्पारणबाट आएको जन्तीले बेहुली लैजान अस्वीकारेपछि गाउँलेले बेहुला सहितको जन्तीलाई नियन्त्रणमा लिएका हुन्।

सत्य निरुपण आयोगले सरकारलाई प्रतिवेदन बुझायो

सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। आयोगले द्वन्द्वकालीन न्याय निरुपणसम्बन्धी हालसम्म गरेका कामहरुको विवरणसहितको प्रतिवेदन बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई बुझाएको हो।

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्ने भएको छ। गण्डकी प्रदेशलाई खेलकुदको कुम्भ २०७७ सालको फागुन २० देखि २७ गतेसम्म विभिन्न स्थानमा भव्यताकासाथ सम्पन्न गर्नेगरी जिम्मा दिइएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए।

भूकम्प गएको ४ वर्षमा कति सम्पदा पुनःनिर्माण भए ?

भूकम्पका कारण क्षति भएका सम्पदामध्ये हालसम्म २२३  सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले भत्किएका सम्पदामध्ये पुरातत्व विभागमार्फत १६१, पशुपति क्षेत्र विकास कोषमार्फत २० र अन्य सङ्घसंस्थामार्फत ४२ गरी हालसम्ममा २२३ सम्पदाको पुनःनिर्माण सकिएको हो।

नेता ताम्राकारको निधनले अपूरणीय क्षति : कांग्रेस

नेपाली कांग्रेस संसदीय दलको कार्यालयले पूर्वमन्त्री एवं पार्टीका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेको छ। कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार विज्ञप्तिमार्फत् नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व ताम्राकारले पुर्‍याएको योगदानको स्मरण गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेका छन्। 

पुरुष भलिबलको उपाधी पुलिसलाई

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा विभागीय टोली नेपाल पुलिस च्याम्पियन बनेको छ । बुधबार भएको फाइनल खेलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । पुलिसले आर्मीलाई ३(१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–१८ ले विजयी भएको पुलिस खेलको दोस्रो सेटमा आर्मीसँग २५(२३ ले गुमाउन पुगेको थियो । त्यस पछि पुन खेलमा फर्किएको पुलिसले लगातार दुई सेट जित्दै च्याम्पियन भएको हो।

२० स्वर्णसहित नेपाली टोली पहिलो

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला करातें प्रतियोगिता तथा किक बक्सिङ प्रतियोगिताको उपाधि नेपाली टिमले चुमेको छ। नेपाली टोलीले २० स्वर्ण , ६ रजत र १ कास्य सहित टिम च्याम्पिएन बन्न सफल भएको हो। जापान गोजुरीयो कराँते डो मिसन संघका संस्थापक तथा नेपाली टोलीका प्रमुख प्रशिक्षक के.बि रानाको नेतृत्वमा भारतको विहार राज्यको पटनास्थित पाटलीपुत्र स्पोर्टस स्टेडियममा बुधबार सम्पन्न प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रस्तुती दिँदै पहिलो भएको हो। 

पुरुष फुटबलमा आर्मी च्याम्पियन 

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली आर्मी च्याम्पियन बनेको छ। बुधबार भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो। आर्मीको जितमा बिकास तामाङले खेलको एकमात्र निर्णायक गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमा बिकासले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले कप्तान भरत खवासको कर्नर प्रहारमा उत्कृष्ट हेडर गोल गरेका हुन्। त्यसपछि दोस्रो हाफमा दुबै टोलीबाट कुनै गोल हुन नसक्दा आर्मी १-० ले विजयी भएको हो। खेलको इन्जुरी समयमा कप्तान भरतको पासमा नवयुग श्रेष्ठले गरेको प्रहार पोलमा लागेर फर्किएको थियो।

भारतको अरुणाञ्चलमा गयो शक्तिशाली भूकम्प 

भारतको उत्तरपूर्वी राज्य अरुणाञ्चल प्रदेशमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान बिहान १ बजेर ४५ मिनेट जाँदा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।