बुधबार, साउन २०, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज बैशाख ०१ गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरीमा।

‘एक बिरुवा एक सिपाही’ अभियान

नेपाली सेनाको रुद्रध्वज गणले ‘एक बिरुवा एक सिपाही’ अभियान सञ्चालन गरेको छ। नयाँ वर्षको पहिलो दिन सदरमुकाम सिलगढीस्थित पैयाभन्ज्याङ डाँडाबाट उक्त गणले आफ्नो गणका सैनिक, जिल्लास्थित प्रमुख व्यक्ति तथा स्थानीयवासीलाई सहभागी गराएर सो अभियानअन्तर्गत वृक्षरोपण गरेको हो। 

किसान नेता पोखरेलको सडक दुर्घटनामा निधन 

सर्लाहीका किसान नेता चिरिन्जिवी पोखरेलको आइतबार सडक दुर्घटनामा निधन भएको छ। जिल्ला प्रशासन कार्यलय जाँदै गर्दा उनी सवार गाडि दुर्घटनामा ग्रस्त हुँदा गम्भिर घाइते पोखलेरलाई उपचारका लागि मलंगवास्थित अस्पतालमा पुर्‍याएको केही बेरमै निधन भएको हो। 

प्रहरीलाई तीन लाख ५० हजार घुस दिन खोज्दा फन्दामा

काठमाडौं महानगरपालिका–१५ चमतीमा प्रहरीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

छ महीनादेखि बन्द अस्पताल सञ्चालन

जनशक्ति अभावले छ महीनादेखि बन्द रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित ढोर फूलबारी शहीद अस्पताल सञ्चालनमा आएको छ। गत असोजदेखि बन्द अस्पतालमा शुक्लागण्डकी नगरपालिकाले मेडिकल अधिकृतसहित तीन जना कर्मचारी नियुक्त गरेपछि आइतबारबाट अस्पताल सञ्चालनमा आएको हो। 

प्रदेश ७ : मुलुक हल्लाउने कञ्चनपुर घटना

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला वर्षभरि निकै चर्चामा रह्यो। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनाले यो वर्ष सिंगो मुलुकको ध्यान केन्द्रित हुन पुग्यो।

सर्प बचाऔँ, वातावरण जोगाऔँ

सर्प देखे मार्न वा लखेट्न अगाडि सर्ने प्रवृत्ति कायमै छ। सर्पले वातावरण संरक्षणका लागि कस्तो भूमिका खेल्छ भन्ने कमै मात्र सर्वसाधारणलाई थाहा छ। सर्प बचाउन सकिए वातावरण संरक्षण गर्न सकिन्छ भन्ने भावना जगाउने उद्देश्यले सर्प संरक्षण समाजले तनहुँको शुक्लागण्डकी नगरपालिकामा जारी ११औँ खैरेनीटार महोत्सवमा सर्प संरक्षणका लागि जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।

कर्णाली प्रदेश : ‘सरकारको स्पिडमा झ्याप्पै ब्रेक’

 ‘शपथ खानेबित्तिकै धेरै काम गर्छु भन्ने आशा थियो तर अहिलेसम्म आइपुग्दा अपेक्षा गरेबमोजिमको काम गर्न सकिएको छैन’, यी वाक्यांश कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीका हुन्। गत चैत २७ गते ४० औं मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मलेन उनले थपिन्, ‘प्रदेश सरकारको स्पिडमा झ्याप्पै ब्रेक लाग्यो, गति लिन सकिएन।’

२०७५ मा प्रदेश २ लाई फर्केर हेर्दा

२०७४ फागुन ३ गते संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले मुख्यमन्त्री पदको शपथ लिएपछि प्रदेश २ मा प्रादेशिक सरकार कार्यान्वयनमा आयो। जनकपुर चुरोट कारखाना परिसरभित्र भव्य समारोहबीच राउतसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री जितेन्द्र सोनलले भौतिक विकासमन्त्री र फोरमकै विजय यादवले अर्थमन्त्रीका रुपमा शपथ लिए। मधेस आन्दोलनको रापतापपछि कार्यान्वयनमा आएको प्रदेश सरकार एक वर्षको अवधि पार गरिसकेको छ। वर्ष २०७५ मा प्रदेश २ का केही महत्त्वपूर्ण घटना :

विधिको शासनलाई बिगारे : देउवा

नेपाली कांग्रेसका सभापती तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन पद्धती कमजोर हुँदै गएको बताएका छन्। 

सुदूरपश्चिममा सिस्नुपानी छ्यापेर मनाइने पर्वको रौनक

आज नयाँ वर्र्षको पहिलो दिन  सुदूरपश्चिममा बिसु पर्वको रौनकता छाएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन रहिआएको छ ।

वर्ष २०७५ : कहाँ-कहाँ चुक्यो ओली सरकार ?

अस्थिर सरकारबाट आजित नेपाली नागरिकले स्थिर सरकार पाएसँगै सुरु भएको थियो वर्ष २०७५।

मनाङ एयर र समिट एयरको विमान ठोक्कियो, को-पाइलट र दुई असईको मृत्यु

सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थलमा मनाङ एयरको हेलिकप्टर र समिट एयरको विमान ठोक्किदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । 

प्रधानमन्‍त्री भन्छन्- '२०७६ मा देशबाट सबैखाले अतिवाद सकिन्छ' 

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ सालमा देशबाट सबैखाले अतिवाद समाप्त पार्ने घोषणा गरेका छन् । नववर्ष २०७६ का अवसरमा आइतबार प्रधानमन्त्री निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले समृद्धिको बाधक तत्व र अतिवादहरुलाई समाप्त पार्ने घोषणा गरेका हुन् । 

नयाँ वर्ष २०७६ : यसो गरे बन्‍नेछ खुसीको वर्ष

विक्रम संवत्को नयाँ वर्ष । नयाँ सुरु भएसँगै हामी सबैमा नयाँ ऊर्जा थपिन्छ । विगतको भन्दा नयाँ काम गर्ने अठोट पलाउँछ । त्यसैले धेरै व्यक्ति 'न्यु इयर रिजोलुसन' अर्थात् नयाँ वर्षका लागि नयाँ संकल्प गर्छन् । नेपालमा मात्र हैन विश्वभरका मानिसमा यस्तो प्रवृत्ति छ ।

बैशाख २ लाई  भर्ना अभियान दिवस घोषणा गर्दै सरकार

नयाँ वर्ष प्रारम्भ भएसँगै भोलि सोमबारबाट देशैभर विद्यार्थी भर्ना अभियान चलाइदैछ ।  भर्ना अभियानलाई शसक्त बनाउन सरकारले बैशाख २ गतेलाई  ‘राष्ट्रिय भर्ना अभियान दिवस’ को रुपमा घोषणा गर्ने तयारी गरेको छ । 

पर्यटकले भरियो सौराहा, यस्तो छ रौनक

चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन् । यहाँ रहेका ११० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । 

तीन सय नौ हप्ता सफा गर्दा पनि वाग्मती अझै शौचालय 

वाग्मती सफाइ महाअभियान शुरु भएको ३०९ हप्ता पुग्दा पनि वाग्मतीमै शौचालय क्रम अझै कम भएको छैन् ।

नेपाल भ्रमण बर्ष २०२० पोखराबाट सुरु, यस्तो छ कार्यक्रम 

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरणको  पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ ।

विराटको बेंगलोरको पहिलो जित

१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विराट कोहलिको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरले पहिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा किङ्स इलाभेन पन्जावलाई ८ विकेटले पाजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।