मंगलबार, साउन १९, २०८३

नर्स ज्योति रानाभाटकाे सत्याग्रहलाई नेपाल नर्सिङ संघकाे ऐक्यबद्धता

 |  मंगलबार, साउन १९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०८३

काठमाडौं- देशभरका नर्सहरूको तलव, सेवा सुविधा र वृत्ति विकासको माग गर्दै वीर अस्पतालकी नर्स ज्योति रानाभाटले ४ दिनदेखि ICU बाटै सत्याग्रह सुरू गरेकी छिन्। आफ्नो व्यक्तिगत लडाइँ नभई सम्पूर्ण नर्सिङ पेशाको हितका लागि उनले ज्यान जोखिम मोलेर आन्दोलन थालेकी हुन्।

यसैबीच नेपाल नर्सिङ संघले विज्ञप्ति जारी गर्दै नर्स रानाभाटको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएको छ। संघका अनुसार सरकारी, गैरसरकारी र निजी क्षेत्रमा कार्यरत नर्सहरू विभेदमा परेकाे भन्दै संघले २०८२/०७/०४ देखि आन्दोलन थालेको र २०८२/०७/१५ मा सरकारसँग भएको सहमति अझै कार्यान्वयन नभएको जनाएको छ।

नर्स रानाभाटले २०८२/०४/१४ देखि नर्सिङ पेशासँग सम्बन्धित माग राखेर अनसन बसेकी हुन्। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै संघले सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सरोकारवाला निकायसँग निजको जीवन रक्षा र जायज माग यथाशीघ्र पूरा गर्न जोडदार माग गरेको छ।

यसैविच राष्ट्रिय ट्रमा सेन्टरका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूले पनि सत्याग्रहमा ऐक्यबद्धता जनाएका छन्। कर्मचारीहरूले सोमबार बिहान  लाजिम्पाटस्थित NAN कार्यालयमा भेला भइ सत्याग्रहमा ऐक्यबद्ध जनाएका हुन।

सेवा गर्ने हातहरू रगताम्य हुने देशमा स्वास्थ्य प्रणाली कसरी बच्ला? भन्दै स्वास्थ्यकर्मीको सुरक्षा र सम्मान ग्यारेन्टी गर्न संघले सरकारसँग माग गरेको र माग पुरा नभए वारपारकाे लडाइ लड्न आफुहरू तयार रहेकाे जनाएकाे छ।

IMG-20260804-WA0002-1785823613.jpg
 

 

प्रकाशित: Aug 04, 2026| 11:53 मंगलबार, साउन १९, २०८३
प्रतिक्रिया दिनुहोस्