काठमाडौं- आज माघ २८ गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
बराहताल गाउँपालिका–७ नयाँबनमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माण सात वर्षदेखि अलपत्र परेको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विगतको केन्द्रीकृत मानसिकता अझै अन्त्य हुन नसकेको गुनासो गरेका छन्। मुलुक संघीयतामा गइसकेपनि सत्ता सञ्चालन गर्ने केन्द्रीकृत मानसिकता ज्यूँको त्यूँ रहेको राउतले बताएका छन्।
नेपाली कांग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने विषयमा बहस जारी छ।
सरकारले बेरोजगारलाई जागिर र जागिर दिन नसके भत्ता दिने योजनासहित बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्ने भएको छ। कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन्। उद्घाटनसँगै कार्यक्रम लागू हुने भएको हो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मधेशी जनताको पक्षमा संविधान संशोधन हुने दाबी गरेका छन्। मधेशी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनका लागि निरन्तर पहल भइरहेको पनि उनले बताए।
भारतको आसत्र लोकसभा निर्वाचनलाई मध्यनजर गरी नेपाल–भारतका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त गस्ती गर्ने भएका छन्। सोमबार जनकपुरमा सम्पत्र नेपाल–भारत सीमा सुरक्षासम्बन्धी बैठकमा यस्तो सहमति भएको हो।
नियमकानुन सबैलाई बराबर हुन्छ। ‘सानालाई ऐन, ठूलालाई चयन’ नेपालको प्रचलित उखान हो। यो प्रसिद्ध उखान सोमबार जनकपुरमा प्रमाणित भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार देशैभरका सात प्रदेश मध्ये स्थानीय तहमा भ्रष्टाचार सम्बन्धी सबै भन्दा बढी उजुरी प्रदेश नम्बर २ बाट दर्ता भएको छ।
नेपाल विद्यार्थी संघको महाधिवेशन गर्न विफल भएपछि संगठनका अध्यक्ष नैनसिंह महरले सोमबार पदबाट राजीनामा दिएका छन्। उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । महरले दुई पटकसम्म नेविसंघको महाधिवेशन कार्यतालिका सार्वजनिक गरे पनि महाधिवेशन गर्न सकेका थिएनन्।
ललितपुरको भैसेपाटीमा रहेको बिएनआरओ ट्रेडर्सको कार्पेट गोदाममा भिषण आगलागी भएको छ। सोमबार दिउँसो सवा एक बजेतिर लागेको आगो पौने तीन बजेतिर नियन्त्रणमा लिइएको थियो।
लामो समयसम्म त्रिवि परीक्षा नियन्त्रण कार्यालय रहेको जमलस्थित जग्गामा गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको दबाबमा व्यापारिक भवन बनाइने भएको छ। त्यहाँ रहेको आठ रोपनी १५ आना जग्गामध्ये दुई रोपनी शंकरदेव क्याम्पसले खरिद गरेको थियो। शंकरदेव क्याम्पसले खरिद गरेको जग्गासमेत गृहमन्त्री थापा र शिक्षामन्त्री पोखरेलले बल प्रयोग गरेर खाली गराएका छन्।
एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ सञ्चालनमा आएका हुन् ।
फ्रेन्स लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का फरवाडर एडिन्सन काभानीले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँगको खेल गुमाउन सक्ने छन् । क्लबका प्रशिक्षक थोमस टुचेलका अनुसार काभानीले च्याम्यिनस लिगमा युनाइटेडसँगको पहिलो क्वाटरफाइनल खेल गुमाउन सक्ने बताएका हुन् ।
भिशाखापट्नम बन्दरगाहमा मालवस्तु परिवहन विद्युतीय ट्रेकिङ प्रणाली (इसिटिएस) प्रक्रियाअन्तर्गत कन्टेनर पारवहनको परीक्षण सकारात्मक भएपछि आउँदो फागुन ३ गतेदेखि कन्टेनर पारवाहन हुने भएको छ ।
काठमाडौंको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धले मोटरसाइकल चोरी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।
आफ्ना सिमित आसेपासेको सल्लाहमा अघि बढेका प्रधानमन्त्री केपी ओलीको सत्ता डगमगाएको छ। ज्ञानेन्द्र शैलीमा काम गर्ने प्रधानमन्त्री ओलीविरुद्ध नेकपाभित्र बहुमत जुट्ने संभावना बलियो भएको छ ।
केही दिनअघि पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङको उच्चरक्त चाप कारणले मृत्यु भएसँगै प्रदेश १ का ३ स्थानीय तह प्रमुखविहीन भएका छन् ।
कपिल शर्माका थुप्रै शुभचिन्तक छन्। ‘द कपिल शर्मा सो’ ले उनको लोकप्रियता निकै बढाएको हो। उनी लोकप्रियता कुनै बलिउड स्टार भन्दा कम छैन। उनको सोमा आउन जोखुकै बलिउड स्टार तयार हुन्छन्। कपिलको बड्दो पपुलारिटी बेला बेला उनीमाथि नै भारी हुने गरेको छ। केही दिन पहिले कपिलले आफ्नो शोमा एक फ्यानले आफूलाई जवरजस्ती किस गरेको बताएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४