नेकपामा ओलीविरुद्ध यसरी जुट्दैछ प्रचण्ड बहुमत 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/oli_prachanda_ncp_ns.jpg

काठमाडौं- आफ्ना सिमित आसेपासेको सल्लाहमा अघि बढेका प्रधानमन्त्री केपी ओलीको सत्ता डगमगाएको छ। ज्ञानेन्द्र शैलीमा काम गर्ने प्रधानमन्त्री ओलीविरुद्ध नेकपाभित्र बहुमत जुट्ने संभावना बलियो भएको छ ।

अहिले तत्कालीन एमालेका नेताहरुले ओली शैलीका कारण उनीहरु अर्का अध्यक्ष प्रचण्डतर्फ नजिक हुन थालेका छन्। जेठ ३ मा एकीकरण हुँदा प्रधानमन्त्री केपी ओलीले दुई अध्यक्ष राखेको बिषयमा सफाई दिदै जेटमा दुईजना पाइलट चाहिने बताएका थिए । अहिले ककपिटमा बसेका पाइलटबीच नै झगडा भएपछि दुर्घटनाको खतरा बढेको छ।

नेकपामा भेनेजुयला काण्डपछि  ओली र प्रचण्डबीचको ध्रुवीकरणले जटिल मोड लिएको छ। पूर्व माओवादीहरु प्रचण्ड छोडेर ओलीलाई साथ दिन जाने कोही देखिएका छैनन् । तर पूर्व एमाले नेताहरु भने  प्रचण्डलाई साथ दिएर ओलीलाई पार्टी सत्ता र सरकार सत्ताबाट गिराउन समेत तयार देखिएका छन् । बिशेषगरी ओली पीडित नेताहरु प्रचण्डसँग मिलेर नयाँ डिजाइनको तयारीमा छन् ।
अहिले विशेषगरी पूर्वएमालेमा माधव नेपाल समूहमा लागेका  नेताहरु प्रचण्डसंग मिलेर ओली सत्ता गिराउने संभावनाबारे छलफल थालेका छन् । 

अहिलेकै शैलीमा ओली अगाडि बढ्ने हो भने ओली सत्ता धेरै टिक्न नसक्ने एक नेताले बताए। ती नेताका अनुसार ओलीविरुद्ध पार लाग्ने गरी नयाँं समीकरणको तयारी भइरहेको छ। २०७४ को आम चुनावमा राष्ट्रपतिबाट उम्मेदवार बन्न बञ्चित गरिएका नेता झलनाथ खनाल र पटक पार्टी सत्ताबाट आफु र आफ्ना पक्षधर नेता ओलीबाट पीडित बनाइएका माधव नेपाल समेत यो समीकरणका लागि ठुलो दबाबमा छन् ।

स्रोतका अनुसार नेपाल प्रचण्ड समीकरणमा खनाल समेत सामेल हुने भएका छन् । नेपाल प्रचण्ड मिलेर जाँदा अध्यक्ष र प्रधानमन्त्री बाँडफाँड गर्नेमा प्रारम्भिक छलफल भएको बताइएको छ। यद्यपी यसले ठोस आकार लिइसकेको छैन । ‘यो समिकरणले कसरी ठोस् आकार लिने भन्नेमा ओलीको शैलीमा निर्भर रहन्छ’ नेकपाका एक नेताले भने। 

माधव नेपाल अध्यक्ष, प्रचण्ड प्रधानमन्त्री र झलनाथ  खनाल राष्ट्रपति बन्ने गरी नयाँ समिकरणको प्रारम्भिक खाका कोर्न थालिएको छ । यो समीकरण बन्दा पार्टी र संसदीय दलमा समेत ओलीविरुद्ध स्पष्ट बहुमत जुट्ने स्रोतले बतायो। 

४५ सदस्य स्थायी समितिमा पूर्व माओवादीहरु एक ढिक्का छन् । उनीहरु प्रचण्डले दिएको कुनै पनि खाली कागजमा सही गर्न सक्छन् । तर पूर्व एमालेहरु भने बिभाजित भएका छन् ।  प्रचण्डको पक्षमा १७ स्थायी समिति सदस्य छन् । प्रधानमन्त्री केपी ओलीसँग १३ र माधव नेपालसंग १३ सदस्यहरु छन् । ओलीविरुद्धको मोर्चामा नेपाल र प्रचण्ड एक ठाँउ जुट्दा संख्या ३२ हुन्छ। स्थायी समितिमा यो दुई तिहाइ नै हो । 

प्रचण्डको  पक्षमा नारायाणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, अग्नि सापकोटा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायामाझी, देव गुरुङ, देवेन्द्र पौडेल , पम्फा भुसाल, बर्षमान पुन , मणि थापा, मात्रिका यादव लिलामणि पोखरेल, लेखराज भट्ट हरिबोल गजुरेल र शक्ति बस्नेत छन् । 

त्यसैगरी स्थायी समितिमा ओलीको पक्षमा ईश्वर पोखरेल, विष्णु पोडेल, किरण गुरुङ, छविलाल विश्वकर्म, प्रदीप ज्ञावली, मुकुन्द न्यौपाने, रघुबिर महासेठ, विष्णु रिमाल, शंकर पोखरेल, सुवास नेम्बङ र सत्यनाराययण मण्डल छन् । 

स्थायी समितिमा माधव नेपालको पक्षमा झलनाथ खनाल, वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, घनश्याम भूसाल भीम आचार्य, भीम रावल , युवराज ज्ञावली, योगेश भट्टराई रघुजी पन्त, वेदुराम भूसाल ,  र सुरेन्द्र पाण्ड छन् 

संख्याको हिसाबमा माधव नेपाल पक्ष निर्णयक देखिएको छ। माधव नेपाल पक्षका १३ सदस्यहरु ओलीको विकल्पका लागि मात्र तयार हुने एक नेताले बताए। यदि ओली र नेपाल मिल्ने अवस्था आए पनि नेपाला समूह समेत बिभाजन हुने अवस्था छ। त्यो हिसाबमा पनि प्रचण्ड बलियो देखिन्छन् । 

 




प्रतिक्रिया