बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

 |  बिहीबार, साउन १४, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०८३

सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ। 

जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोलबजारमा दुई समूहबीच भएको झडपपछिको प्रदर्शनमा गोली लागेर औरही गाउँपालिका–२ का १९ वर्षीय गणेश यादवको मृत्यु भएको हो।

घटनामा गोली लागेर अर्का एक जना घाइते भएका छन् भने उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ। 

मृतकका आफन्त तथा प्रदर्शनकारीले शव उठाउन दिएका छैनन् र शवलाई सडकमै राखेर प्रदर्शन जारी राखेका छन्। 

यता, प्रहरीले भने आफूहरूले गोली नचलाएको दाबी गर्दै स्थिति नियन्त्रणमा लिन हवाई फायर र टियर ग्यास मात्रै प्रयोग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताएका छन्।

प्रकाशित: Jul 30, 2026| 16:38 बिहीबार, साउन १४, २०८३
प्रतिक्रिया दिनुहोस्