आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विमान परिचारिका जिस्क्याउने पाइलटलाई जहाज उडानमा रोक

विमान परिचारिका जिस्क्याउने पाइलटलाई जहाज उडानमा रोक

प्राधिकरणले जहाज उडिरहेको समय परिचारिकामाथि दुव्र्यवहार गर्ने पाइलटलाई विमान उडानमा रोक लगाउन निर्देशन दिएको हो।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

National life

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले परिचारिकामाथि दुव्र्यवहार गर्ने नेपाल वायुसेवा निगमका चालक दलका सदस्यलाई तत्काल उडानमा रोक लगाउन निर्देशन दिएको छ। प्राधिकरणले जहाज उडिरहेको समय परिचारिकामाथि दुव्र्यवहार गर्ने पाइलटलाई विमान उडानमा रोक लगाउन निर्देशन दिएको हो।

प्राधिकरणले गत १२ साउनमा मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदै गरेको जहाजमा विमान परिचारिकामाथि दुव्र्यवहार भएको जनाएको छ। 

निगमको उडान संख्या आरए–४१६ का चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक हर्कत गरेपछि कारबाही सिफारिस गरिएको हो। 

प्रकाशित: Feb 24, 2023| 16:57 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्