आइतबार, जेठ ३, २०८३

एभरेष्ट बैंकको १२४ औं शाखा भक्तपुरको कमलविनायकमा

भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

National life

एभरेष्ट बैंकले भक्तपुरको कमलविनायकमा आफ्नो १ सय २४ औं शाखा उद्घाटन गरेको छ। भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्।

उक्त उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, भक्तपुर चेम्बर अफ कमर्सको तर्फबाट चाँगुनारायण नगर चेम्बरका अध्यक्ष गोकुल प्रसाद प्रजापती, जगाती प्रहरी चौकी भक्तपुरका प्रमुख – प्रहरी नायब उपरिक्षक राज कुमार श्रेष्ठ, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो।

सो उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कमलविनायक र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन्। यो संगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४५ पुगको छ।

प्रकाशित: Feb 23, 2023| 20:00 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्