आइतबार, जेठ ३, २०८३

कुरी गाउँमा 'कोड ब्रिस्क ह्याकाथन २०२३'

आयोजना ३४४७ मिटर उचाइमा रहेको धादिङको कुरी गाउँमा गरेको थियो।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

हेराल्ड डेभकर्पस्यु आई भिजुअल समुदाय र विद्यार्थी नेतृत्वको समुदायले सफलतापूर्वक नन्स्टप २४ घन्टा, कोड ब्रिस्क ह्याकाथन २०२३ कार्यक्रम आयोजना गरेको छ। आयोजना ३४४७ मिटर उचाइमा रहेको धादिङको कुरी गाउँमा गरेको थियो। 

National life

ह्याकाथनमा १३ वटा कलेजहरूले सहभागिता जनाएका थिए। जसमध्ये तीन उत्कृष्ट टोलीहरू छनोट भएका थिए। जसमा उनीहरूले आफ्नो प्रोटोटाइपहरू कालिञ्चोकमा निर्माण गरेका थिए। ह्याकाथनको मुख्य उद्देश्य शीर्ष ३ टोलीहरूले सिर्जना गरिएको नयाँ प्रोटोटाइपहरूद्वारा कालिञ्चोकको पर्यटन र आतिथ्य क्षेत्रको विषयलाई एउटा स्तरमा पर्‍याउनु भएको जनाइएको छ। 

हेराल्ड कलेज काठमाडौंका प्रमुख कार्यकारी अध्यक्ष प्रकाश श्रेष्ठले आयोजक टिमप्रति धन्यवाद ज्ञापन गरे। उनले भने, 'यस परियोजनामा समावेश सम्पूर्ण टिमको अटल प्रयास र समर्पणले अविश्वसनीय नतिजा ल्याएर प्रशंसाको हकदार बनेको छ। यस नतिजा विद्यार्थीहरुको प्रतिभाको परिणाम हो र म सबैमा गर्व गर्छु।'

हेराल्ड डेभकर्पस्की प्रमुख सुजाता थापाले पनि आयोजक समिति र ३ शीर्ष टिमको प्रशंसा गरिन्। भनिन्, 'हाम्रो उपस्थित कलेज समुदायमा सबैको प्रयास प्रतिबिम्बित छ र म त्यसमा गर्व गर्छु।' उनले प्रंशसा गर्दै विद्यार्थीहरूको प्रभावशाली र प्रतिभाशाली विचारहरू प्रति चकित भएको बताइन्। 


प्रकाशित: Feb 23, 2023| 19:00 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्