आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नयाँ लघु बिमा कम्पनीलाई डेढ महिनाभित्रै तोकिएको पुँजी जुटाइसक्न ताकेता

नयाँ लघु बिमा कम्पनीलाई डेढ महिनाभित्रै तोकिएको पुँजी जुटाइसक्न ताकेता

लघु बिमा कम्पनी सञ्चालन गर्न करिब ७५ करोड चुक्ता पुँजी हुनुपर्ने प्रावधान।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

National life

काठमाडौं– नयाँ लघु बिमा कम्पनीलाई डेढ महिनाभित्रै तोकिएको चुक्ता पुँजी पुर्‍याउन नेपाल बिमा प्राधिकरणले निर्देशन दिएको छ।लघु बिमा कम्पनी सञ्चालन गर्न करिब ७५ करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने प्रावधान छ। 

प्राधिकरणले तोकेको समयभित्र पैसा जम्मा गरे कम्पनीहरूले लाइसेन्स पाउन सक्ने प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए। उनले भने, ‘कम्पनीहरूले संस्थापक समूहतर्फ ७० प्रतिशत पुँजी जुटाउनुपर्ने नियम छ। संस्थापक समूहतर्फ ७० प्रतिशत पुँजी जुटाएर आए लाइसेन्स दिन्छौं।’

नयाँ लघु बिमा कारोबार गर्न अनुमति पाउनेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स छन्। निर्जीवनतर्फ ट्रस्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स छन्। यी  कम्पनीले हालसम्म चुक्ता पुँजी नजुटाएपछि प्राधिकरणले थप समय दिएको हो।

प्रकाशित: Feb 21, 2023| 12:06 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्