आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालको समृद्धिका लागि विज्ञान र प्रविधिको विकास अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

नेपालको समृद्धिका लागि विज्ञान र प्रविधिको विकास अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

पुन नेतृत्वको टोलीद्वारा नेपालको विकासका लागि विज्ञान र प्रविधि क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले भेट गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले विज्ञान र प्रविधिको विकासबिना नेपालको समृद्धि असम्भव हुने बताएका छन्।

National life

प्रधानमन्त्री प्रचण्डले भने, ‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाईकन नेपालको विकास हुँदैन। नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन।’ वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भएकामा उनले जोड दिए। 

विज्ञान र प्रविधि क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले विद्यमान ऐन, कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। 

आविष्कार केन्द्रका प्रमुख पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो। कृषि, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका थिए।

प्रकाशित: Feb 21, 2023| 11:47 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्