आइतबार, जेठ ३, २०८३

मल किन्न थप ७ अर्ब ५० करोड

मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं- अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि ७ अर्ब ५० करोड रुपैयाँ थप स्रोत सुनिश्चित गरेको छ। मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो। 

National life

स्रोत सुनिश्चित भएको मध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ। यस्तै, २ अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिनेछ।

रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। यसबाहेक मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मागअनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको हो। 

रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्ने विषयमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पाँच दिनअघि कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गरेका थिए। सो अवसरमा मन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताउँदै अबिलम्ब आवश्यक प्रक्रिया सुरु गर्न आग्रह  गरेका थिए। 

प्रकाशित: Feb 20, 2023| 19:16 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्