आइतबार, जेठ ३, २०८३

सुन आयातको कोटा हटाउन व्यवसायीको माग

सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सो विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन माग गरेका छन्। सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सो विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

National life

पत्रकार सम्मेलनमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी बजार नियन्त्रित तरिकाले कोटा सिस्टमबाट चलिरहेको भन्दै कोटा सिस्टम हटाउनुपर्ने बताए। कोटा सिस्टमका कारण बजारमा सुनको माग बढी भए पनि सोअनुसार बिक्री गर्न नपाएको व्यवसायीको गुनासो छ। कोटा सिस्टम क्षणिक समयका लागि हुने भए पनि लामो समयसम्म रहँदा सुन तस्करी बढेको शाक्यको भनाइ छ।

महासंघका अनुसार सिजनको समयमा बजारमा ४० किलो हाराहारीमा माग आए पनि १० किलोमात्रै सुन आयात भइरहेको छ। विधिवत् रुपले बैंकबाट आउनेबाहेक विदेशबाट आउने नेपालीले बिना भन्सार ५० ग्राम र भन्सार तिरेर १०० ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधाअनुसार सुन बजारलाई केही धानेको भए पनि अहिले प्रहरीले त्यसरी सुन ल्याउने व्यवसायीहरुलाई पक्राउ गरी अनावश्यक दुःख दिने गरेको महासंघको आरोप छ।

महासंघले विगत १३ वर्षदेखि लागू हुँदै आएको राष्ट्र बैंकको परिपत्र र एकाधिकार व्यव्स्थाको समीक्षा हुन जरुरी रहेको बताएको छ।

प्रकाशित: Feb 20, 2023| 17:57 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्