सेतो मच्छिन्द्रनाथको रथयात्रा स्थगित भएको छ। चैत १९ गतेदेखि २१ गतेसम्म तय भएको रथयात्रा कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै स्थगित गरिएको सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले जानकारी दिएको छ।
अमेरिका र युरोपजस्ता विकसित राष्ट्रमा फैलिँदै गएको कोरोना भाइरसको महामारीले त्यहाँको लोकतन्त्र, व्यवस्थापन र राज्यको निर्णय क्षमताप्रति संशय उत्पन्न गरेको छ।
ट्राफिक महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालक उपर दिँदै आएको सचेतना कक्षा हाललाई स्थगित गरेको छ ।