काठमाडौं- बालिका र किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले उदयपुर र ललितपुरबाट २ जनालाई पक्राउ गरेको छ ।
उदयपुरमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–७ का ४७ वर्षीय कुल बहादुर बिष्ट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टाबाट खटिएको प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस्तै ललितपुरमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
सिन्धुली घर भई ललितपुर बालकुमारी बस्ने २६ वर्षीय दिपक सार्कीलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो ।
बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । घट्नाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।