बिहीबार, भदौ ४, २०८३

ई–सेवाबाट बैंक खातामा पैसा पठाउँदा शुल्क नलाग्ने

 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

काठमाडौं। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ। इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्म लागू हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको छ।

इसेवामार्फत इसेवा खातामै ट्रान्स्फर गर्दा यसअघि नै निःशुल्क रहेकोमा अब बैंक ट्रान्सफर पनि निःशुल्क बनाइएको हो।

इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रकाशित: Mar 20, 2020| 06:27 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्