बिहीबार, भदौ ४, २०८३

पर्यटन उद्योगमा संकटकाल घोषणा गर्न माग

कोरोना भाइरसको सन्त्रासबाट सबैभन्दा बढी प्रभावित होटल व्यवसाय भएको भन्दै व्यवसायीहरुले पर्यटन उद्योगमा संकटकाल घोषणा गर्न माग गरेका छन्।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

काठमाडौं– कोरोना भाइरसको सन्त्रासबाट सबैभन्दा बढी प्रभावित होटल व्यवसाय भएको भन्दै व्यवसायीहरुले पर्यटन उद्योगमा संकटकाल घोषणा गर्न माग गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै होटल एसोसिएसन अफ नेपाल (हान) ले पर्यटन उद्योगमा संकटकाल लगाउन माग गरेको हो।

अहिले होटल व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै हानले पर्यटन क्षेत्रमा संकटकाल घोषणा गरी व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज शत् प्रतिशत छुट दिन आग्रह गरेको छ।

संघकी अध्यक्ष सिर्जना राणाले न्यूनतम २ वर्षका लागि सम्पूर्ण होटलको ऋणको ब्याजमा शतप्रतिशत छुटसहित सावाँ भुक्तानीका लागि भुक्तानी अवधि पनि बढाइनुपर्ने माग गरेको जानकारी दिइन्।

यस्तै हानले कर्मचारी र पाहुनाको स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर होटल बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको जनाएको छ। जसका कारण कर्मचारीहरूलाई अनिवार्य बिदामा पठाउनु पर्ने परिस्थिति आएकोले बिदामा कर्मचारीलाई भुक्तानी गर्नुपर्ने तलबभत्ताको १२.५० प्रतिशत होटलले ब्यहोर्ने र बाँकी सरकारले उपलब्ध गराउने विशेष व्यवस्था गर्न पनि माग गरेको राणाले जानकारी दिइन्।

विद्युत् महसुलमा पनि आगामी ६ महिनासम्म शतप्रतिशत छुटका साथै नेपाल सरकार स्थानीय निकायले लिँदै आएको एकीकृत सम्पत्ति करमा दुई वर्षसम्म छुट दिन माग गरेको हानले जनाएको छ।

प्रकाशित: Mar 20, 2020| 06:40 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्