बिहीबार, भदौ ४, २०८३

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरबराबर १२० रुपैयाँ २८ पैसा तोकेको छ।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

काठमाडौं। अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरबराबर १२० रुपैयाँ २८ पैसा तोकेको छ।

यसअघि केही दिनअघि मात्र डलरको भाउ ११८ पुगेको थियो। नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग ‘पेग’ भएकाले भारतीय रुपैयाँ डलरसँग कमजोर हुनेवित्तिकै नेपाली रुपैयाँ स्वतः कमजोर हुन्छ।

हाल भारतमा पनि कोरोना भाइरसको संक्रमण फैलँदै गएको र त्यहाँको आर्थिक अवस्था पनि बिग्रँदै गएकोले भारु डलरको तुलनामा कमजोर भएको हो।

डलर बढ्दा नेपालमा मूल्य वृद्धि पनि बढ्ने गर्छ। नेपालले आयातीत सामानको भुक्तानी डलरमा नै तिर्ने हुँदा डलरको भाउ बढ्नेवित्तिकै आयातित वस्तुको मूल्य बढ्छ।

प्रकाशित: Mar 20, 2020| 06:20 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्