बिहीबार, भदौ ४, २०८३

बागमती प्रदेशमा माइकिङ गरेर जनचेतना जगाइँदै

कोरोना भाइरसबारे जनचेतना जगाउन बागमती प्रदेश सरकारले सबै जिल्लामा माइकिङ गर्ने भएको छ।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

काठमाडौं– कोरोना भाइरसबारे जनचेतना जगाउन बागमती प्रदेश सरकारले सबै जिल्लामा माइकिङ गर्ने भएको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा शुक्रबार हेटौंडामा बसेको बैठक प्रदेशस्तरीय कोरोना नियन्त्रण समितिले १३ जिल्ला सदरमुकाममा बिहान र बेलुकी माइकिङ गरेर जनचेतना जगाउने निर्णय गरेको हो।

बैठकले प्रदेशमा कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि आवश्यक समन्वय गर्न हटौंडामा सचिवालय विकास गर्ने भएको छ। सचिवालय सञ्चालनका लागि आवश्यक सामग्री प्रदेश सरकारले तत्काल उपलब्ध गराउनेछ।

२४ सै घण्टा सञ्चालनमा ल्याइने सचिवालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको प्रतिनिधि रहने जानकारी बैठकमा सहभागी बागमती प्रदेशका प्रेस रजिस्ट्रार रेवती सापकाेटाले दिए।

यसैगरी कोरोनासँग सम्बन्धित सूचना संकलन गर्न एउटा फरम्याट बनाएर १३ वटै जिल्ला प्रशासन कार्यालयमा पठाइने निर्णय भएको छ।

सवारीसाधनमा आवतजावत गर्नेहरुको सुरक्षा निकायले निगरानी राख्ने निर्णय भएको छ भने विदेशी नागरिक र विदेशबाट फर्केको नेपाली नागरिकको अभिलेख राखिने भएको छ।

सवारीसाधन रोकिने ठाउँमा सहायता डेक्स खडा गर्ने निर्णय पनि बैठकले गरेको छ। विद्यालय र विश्वबिद्यालय बिदा भएपछि काठमाडौ उपत्यकाबाट अन्य जिल्लामा जानेमा हुन सक्ने संक्रमणबारे निगरानी राख्ने निर्णय भएको सापकाेटाले बताए।

प्रकाशित: Mar 20, 2020| 07:20 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।