मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • कोरोना असर : युरोपियन फुटबलमा साढे चार बिलियन डलर घाटा हुने अनुमान

कोरोना असर : युरोपियन फुटबलमा साढे चार बिलियन डलर घाटा हुने अनुमान

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिँदा खेल रद्द भएपछि युरोपियन फुटबलमा साढे चार बिलियन डलर (साढे चार अर्ब रूपैयाँ) घाटा हुने अनुमान गरिएको छ।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

एजेन्सी– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिँदा खेल स्थगित भएपछि युरोपियन फुटबलमा साढे चार बिलियन डलर (साढे चार अर्ब रूपैयाँ) घाटा हुने अनुमान गरिएको छ।

नेदरल्यान्डको लेखासम्बन्धी विशेषज्ञ सेवा दिँदै आएको संस्था केपीएमजीले युरोपियन फुटबलका शीर्ष ५ लिग (प्रिमियर लिग, स्पोनिस ला लिगा, जर्मन बुन्डेसलिगा, इटालियन सिरी ए र फ्रेन्च लिग) स्थगित हुँदा ४.३३ बिलियन डलर घाटा हुने प्रक्षेपण गरेको हो।

कोरोना संक्रमण फैलिएपछि प्रिमियर लिग, स्पोनिस ला लिगा, जर्मन बुन्डेसलिगा, इटालियन सिरी ए, फ्रेन्च लिग १, च्याम्पियन्स लिग र युरोपा लिग स्थगित भएका छन्। यी प्रतियोगिताका एक सय १७ भन्दा बढी खेल स्थगित भएका छन्, जसमा प्रिमियर लिगको २१, स्पोनिस ला लिगाको २०, जर्मन बुन्डेसलिगाको १९, इटालियन सिरी एको ३३, फ्रेन्च लिग १ को १० भन्दा धेरै, युरोपा लिगको १० र च्याम्पियन्स लिगको ४ खेल छन्।

शीर्ष पाँच लिग अप्रिलसम्म र बाँकी प्रतियोगिता जुन ३० सम्म स्थगित गरिएका छन्। 

यी प्रतियोगिताका खेल्न बाँकी पाँच सय ४१ खेल छन्। अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार प्रिमियर लिगको ९२, स्पोनिस ला लिगाको ११०, जर्मन बुन्डेसलिगाको ७४, इटालियन सिरी एको १२४, फ्रेन्च लिग १ को १०१, युरोपा लिगको २३ र च्याम्पियन्स लिगको १७ खेल खेल्न बाँकी छन्। 

खेलाडीको तलब कटौती

स्कटल्यान्डको एक क्लबले खेलाडीको तलब कटौती गरेको जनाएको छ। स्कटिस क्लबले खेलाडी र कर्मचारीको तलब आधा काटिने जनाएको हो। यो तलब कटौती गर्ने ग्रेट ब्रिटेनको पहिलो क्लब बनेको छ।

प्रकाशित: Mar 20, 2020| 07:42 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।