विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ।
जारी युरो कपमा समूह चरणको खेल सकिएसँगै अन्तिम १६ को समीकरण पुरा भएको छ। अब अन्तिम १६ मा वेल्सले डेनमार्कको सामना गर्नेछ भने इटालीले अष्ट्रियाको सामना गर्नेछ।
पर्वत जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन्। बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले यही असार १३ गतेदेखि सेवाप्रवाह पुनः सुरु गर्ने जनाएको छ। कोरोना कहरका कारण करि दुई महिनादेखि अवरुद्ध रहेका विभिन्न सेवा पुनः सञ्चालन गर्न लागिएको हो।
बागलुङमा आधुनिक बसपार्क निर्माणले १९ वर्षपछि सार्थकता पाएको छ। जनताको जग्गामा बागलुङ नगरपालिकाको पहलमा करोडौं खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माण भएको हो।