बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • न्युजिल्यान्डलले जित्यो टेस्ट च्याम्पियनसिप, कोहलीको कप्तानीमा इन्डियाले उचालेन उपाधि

न्युजिल्यान्डलले जित्यो टेस्ट च्याम्पियनसिप, कोहलीको कप्तानीमा इन्डियाले उचालेन उपाधि

वर्षाका कारण पहिलो र चौथो दिन प्रभावित बनेको विश्व टेस्ट च्याम्पियनसिपको छैटौं दिनमा न्युजिल्यान्डले जित निकालेको छ।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- वर्षाका कारण पहिलो र चौथो दिन प्रभावित बनेको विश्व टेस्ट च्याम्पियनसिपको छैटौं दिनमा न्युजिल्यान्डले जित निकालेको छ।

बुधबार राति साउथह्याम्टनमा सम्पन्न खेलमा न्युजिल्यान्डले इन्डियालाई ८ विकेटले हराउँदै ऐतिहासिक उपाधि जितेको हो।

आईसीसीले पहिलो पटक आयोजना गरेको टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेको थियो।

यता इन्डियाले पहिलो पारीमा २१७ र दोस्रो पारीमा १७० रन बनाएको थियो। यता पहिलो पारीमा २४९ रन बनाएको न्युजिल्यान्डले दोस्रो पारीमा दुई विकेटको क्षतिमै निर्धारित १३९ रनको लक्ष्य १४० रन बनाएर पुरा गर्‍यो।

टेस्ट च्याम्पियसिपका प्लेयर अफ दि म्याच न्युजिल्यान्डका कायल जेमिसन बने।

यता विराट कोहलीले कप्तानी सम्हालेपछि इन्डियाले उपाधि जित्न सकेको छैन्। ऊ आईसीसी एकदिवसीय विश्वकपमा पनि सेमिफाइनलबाट बाहिरिएको थियो।

प्रकाशित: Jun 24, 2021| 03:25 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।